केनबरा: वर्षाले गर्दा भारत र अष्ट्रेलियाबीच बुधवार यहाँको मानुका ओवलमा खेलिएको पहिलो टी२० इण्टरनेशनल म्याच बेनतीजा रह्यो। म्याचमा अष्ट्रेलियाले टस जितेर भारतलाई ब्याटिंग गर्न पठायो। वर्षाले म्याचमा दुईपल्ट वाधा पुऱ्यायो। पहिलोपल्ट ५ ओभरको समाप्तिपछि खेल रोकियो। त्यसपछि खेल पुनः शुरु हुँदा १८-१८ ओभरको म्याच गराउने फसेला गरियो। त्यसपछि भारतले ९.४ ओभरमा एक विकेटमा ९७ रन बनाउने फेरि वर्षा शुरु भयो अनि म्याच फेरि शुरु हुन सकेन। म्याचमा भारतको निम्ति शीर्ष क्रमको प्रदर्शन सकारात्मक पक्ष रह्यो।

म्याचमा भारतलाई अभिषेक शर्मा र उपकप्तान शुभमन गिलको ओपनिंग जोड़ीले तेज शुरुवात दिलायो। यी दुईजनाले पहिलो विकेटको निम्ति ३.५ ओभरमा ३५ रनको साझेदारी गरे। अभिषेक १९ रन बनाएर नाथन एलिसको शिकार बने। उनले १४ बल खेलेर ४ वटा चौका लगाए। त्यसपछि गिलले कप्तान सूर्यकुमार यादवसँग मिलेर आत्मविश्वासको साथ ब्याटिंग गरे। सूर्यकुमार ३९ र गिल ३७ रन बनाएर अविजित रहे। सूर्यकुमारले २४ बल खेलेर ३ वटा छक्का र २ वटा छक्का लगाए। यसरी गिलले २० बल खेलेर ४ वटा चौका र एउटा छक्का लगाए।









