विराटनगर: नेकपा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले भाद्र २३(९ सितम्बर) र २४ गते(९सितम्बर)का घटनापछि मुलुक असामान्य अवस्थामा रहेको बताएका छन्। उनले वर्तमान सरकार असंवैधानिक भएको टिप्पणी गरे।
प्रेस चौतारी मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राईले शान्तिपूर्ण जेनजी पुस्ताको आन्दोलनलाई अपहरण गरी हिंसा मच्चाउनेहरूमाथि कडा कारबाही गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने बताए।









