सातौं लुम्बिनी महोत्सव

IMG-20251029-WA0129

रुपनदेही: चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन) रुपन्देहीको आयोजनामा मंसिर पहिलो साता सातौं लुम्बिनी महोत्सव हुने भएको छ ।‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवर्द्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बनाऔं’ भन्ने नाराका साथ ३ मंसिरदेखि मंसिरसम्म(१९ नबम्बर- ७ दिसंबर) महोत्सव गर्न लागिएको हो।
संस्थाका अध्यक्ष सचिन रोक्काले जेनजी आन्दोलनपछि सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन र उद्योगी व्यवसायीमा हौसला भर्न सो महोत्सव गर्न लागिएको बताउनुभयो। मेलामा स्वदेशी र विदेशी उत्पादनका स्टल, हस्तकला, तयारी पोशाक, छाला जुत्ता, खाद्यान्न, अटोमोबाइल्स, बैंक तथा वित्तीय संस्था, सूचना प्रविधि, होटल, रेस्टुरेन्ट, विद्युतीय सामग्री, छाला जुत्ता, लगायतका २ सय ५० स्टल रहने आयोजकले जानकारी दिएको छ।
मेलाको मुख्य आकर्षण र विशेषताका रूपमा भैरहवामा पहिलोपटक फिस टनेल, जलपरी र आइफिल टावरको आकृति, राष्ट्रिय र स्थानीय कलाकारको प्रस्तुति रहने अध्यक्ष रोक्काले बताउनुभयो। मेला अवधिमा गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान पूर्ण क्षमतामा सञ्चालन, लुम्बिनीको पर्यटन प्रवर्द्धन, उद्यमशीलता विकास, लगायत विषयमा विषयविज्ञको सहभागितामा गोष्ठी समेत गरिने संस्थाकी महासचिव लक्ष्मी अधिकारीले बताइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement