न्यूजील्याण्डविरुद्ध ईंग्ल्याण्डको ५ विकेटले निराशाजनक हार

IMG-20251029-WA0122

हेमिल्टन: आयोजक न्यूजील्याण्डले ईंग्ल्याण्डलाई दोस्रो वनडे इण्टरनेशनल क्रिकेट म्याचमा ५ विकेटले पराजित गरी ३ वटा म्याचको सीरीजमा २-०-को अजेय बढ़त हासिल गऱ्यो। ईंग्ल्याण्डलाई लगातार दोस्रो म्याचमा शीर्ष क्रमका ब्याटरहरूका निराशाजनक प्रदर्शनले डुबायो। सेडोन पार्कमा टस हारेर पहिला ब्याटिंग गर्दै ईंग्ल्याण्डको टीम ३६ ओभरमा १७५ रन बनाएर अलआउट भयो। त्यसपछि न्यूजील्याण्डले ३३.१ ओभरमै ५ विकेटमा १७७ रन बनाएर म्याच जित्यो। म्याचमा पहिला ब्याटिंग गर्दै ईंग्ल्याण्डको शुरुवात निराशाजनक रह्यो अनि लगातार अन्तरालमा विकेटको पतन हुँदा टीमले स्थितिलाई सम्हाल्न सकेन। ब्याटिंग क्रमको शीर्ष ७ मा कसैले पनि ३४ भन्दा अधिक रन बनाउन सकेनन्। आठौं नम्बरमा ओर्लिएर ब्याटिंग गर्दै जेमी ओवरटनले सर्वाधिक ४२ रन बनाए। उनले २८ बल खेलेर ४ वटा चौका र २ वटा छक्का लगाए। यसबाहेक कप्तान ह्यारी ब्रूकले ३४ र जो रुटले २५ रन बनाए।

न्यूजील्याण्डका बलरहरूमा ब्लेयर टिकनरले सर्वाधिक ४ विकेट लिए। यसरी नेथन स्मिथले २ विकेट हासिल गरे। जवाफमा न्यूजील्याण्डको पनि शुरुवात खराब रह्यो अनि ४२ रनमै २ विकेटको पतन भइसकेको थियो। विल यंग (०) र केन विलियम्सन (२१ रन) शुरुमै आउट भएपछि न्यूजील्याण्डलाई रचिन रविन्द्र र डेरिल मिचेलको अर्द्धशतकले बचायो। रविन्द्रले ७ वटा चौका र एउटा छक्काको साथ ५८ बलमा ५४ रन बनाए। रविन्द्र र मिचेलले मिलेर तेस्रो विकेटको निम्ति ६३ रन जोड़े। न्यूजील्याण्डले पछिबाट रविन्द्रको साथमा टम लाथम (२) र माइकल ब्रेसवेल (५ रन)-लाई लगातार गुमाए पनि डेरिल मिचेलले कप्तान मिचेल सेण्टनरसँग छैटौं विकेटको निम्ति ५९ रनको अटूट पार्टनरशीप गरेर टीमलाई जीत दिलाए। मिचेलले ५९ बल खेलेर ६ वटा चौका र २ वटा छक्काको सहायताले अविजित ५६ रन बनाए। यसरी सेण्टनरले ३ वटा छक्का र २ वटा चौकाको सहायताले १७ बलमा अविजित ३४ रन बनाए। ईंग्ल्याण्डका बलरहरूमा जोफ्रा आर्चरले ३ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement