राष्ट्रपति द्रौपदी मुर्मूले राफेल विमानमा उडान भरिन्, रचिन् इतिहास

Untitled-design-10-2025-10-9dd2a02a492d02352d6bf1c8f81c8c5e-1200x675

नयाँ दिल्ली: भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले बुधबार हरियाणाको अम्बाला वायुसेना स्टेशनबाट राफेल लडाकु विमानमा उडान भरिन्। यससँगै उनले इतिहास रचिदिएकी छन्।
एयर चीफ मार्शल ए.पी. सिंहले पनि त्यही हवाई अड्डाबाट अर्को विमानमा उडान भरेका थिए।
राफेल विमानमा चढ्नु अघि राष्ट्रपति मुर्मूले जी-सुट र हेलमेट लगाएर पाइलटसँग मुस्कुराउँदै तस्बिर खिचाएकी थिइन्। बिहान वायुसेना स्टेशन पुग्दा उनलाई गार्ड अफ अनर दिइएको थियो।
राष्ट्रपतिले बिहान ११:२७ बजे विमानको झ्यालबाट हात हल्लाएर जनतालाई अभिवादन गर्दै उडान शुरु गरेकी थिइन्।
हालै भारतले ‘अपरेसन सिंदूर’ का क्रममा पहलगाममा भएको आतंकवादी आक्रमणको जवाफस्वरूप राफेल लडाकु विमान प्रयोग गरेको थियो।
यसअघि सन् २०२३ मा मुर्मूले सुखोई-३० एमकेआई विमानमा उडान भरेकी थिइन्। उनी त्यसो गर्ने तेस्री भारतीय राष्ट्रपति हुन्। उनीभन्दा अघि ए.पी.जे. अब्दुल कलाम र प्रतिभा पाटिलले पनि लडाकु विमानमा उडान भरेका थिए।


फ्रान्सेली कम्पनी दसॉ एभिएसनद्वारा निर्मित राफेल विमानलाई सन् २०२० मा भारतीय वायुसेनामा औपचारिक रूपमा सामेल गरिएको थियो। यही विमानले ‘अपरेसन सिंदूर’ का क्रममा पाकिस्तान नियन्त्रण क्षेत्रका आतङ्की ठेगानामा सटीक आक्रमण गरेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement