आईसीसी वर्ल्ड कपमा खेल्ने शार्दुल ठाकुरको चाहना

IMG-20251029-WA0083

नयाँ दिल्ली: ईंग्ल्याण्ड यात्रामा यस सालको शुरुवातमा टेस्ट म्याच खेलेपछि शार्दुल ठाकुर अहिले सीमित ओभरहरूको क्रिकेटमा फर्किने प्रतीक्षामा रहेका छन् अनि यस पेस बलिंग अलराउण्डरको नजर २०२७ वनडे वर्ल्ड कपमा रहेको छ। यस ३४ वर्षीय खेलाड़ीले भारतको निम्ति ४७ वटा वनडे, २५ वटा टी२० इण्टरनेशनल र १३ वटा टेस्ट म्याच खेलेका छन्। शार्दुलले एउटा साक्षात्कारमा आफ्नो भविष्यबारे भने, म म्याच खेलिरहन अनि असल प्रदर्शन गरिरहन चाहन्छु। यही मेरो निम्ति महत्त्वपूर्ण कुरा हो। भारतीय टीममा फर्किन मैले लगातार असल र म्याच जिताउने प्रदर्शन गर्नु पर्नेछ। यसले चयनमा फाइदा पुग्नेछ। वनडे वर्ल्ड कप दक्षिण अफ्रिकामा हुनेछ। यसैकारण आठौं नम्बरमा एकजना बलिंग अलराउण्डरको स्थान खाली हुनसक्छ। म निश्चित रूपले त्यस स्थानको निम्ति लड़ाइँ गर्न चाहन्छु। ठाकुर भारतीय टीममा स्थान बनाउनको निम्ति प्रयास जारी राख्न चाहन्छन्। उनले भने, भारतीय टीमलाई जहिले पनि मेरो आवश्यकता हुनेछ या जब पनि मेरो चयन हुनेछ, म इण्टरनेशनल क्रिकेट खेल्न तयार छु। मलाई भोलि नै इण्टरनेशनल क्रिकेट खेल्नु भनिए पनि म तयार छु। मैले आफ्नो तयारीमा कुनै कमी राखेको छुइनँ। रणजी ट्रफीमा मुम्बईको कप्तानी गरिरहेका शार्दुल ठाकुरले भारतीय ओपनिंग ब्याटर यशस्वी जयसवाल तेस्रो राउण्डको म्याचमा मुम्बईको निम्ति खेल्ने पनि पुष्टि गरे। राजस्थानविरुद्ध त्यो म्याच जयपुरमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement