बिहार र पश्चिम बंगाल दुबै मतदाता सूचीमा प्रशान्त किशोरको नाम, निर्वाचन आयोगको ध्यानाकर्षण

Prashant-Kishor-PTI

कोलकाता: चुनाव रणनीतिकारबाट नेता बने प्रशान्त किशोर (पीके) विवादमा परेका छन्। रिपोर्टअनुसार उनको नाम दुई फरक राज्य- बिहार र पश्चिम बंगाल दुबैको मतदाता सूचीमा रहेको पाइएको छ।
बिहारको हाजीपुर क्षेत्र र पश्चिम बंगालको हावडा जिल्लामा एकै नाम पाइएको भन्दै निर्वाचन आचारसंहिताको उल्लंघन भएको आशंका गरिएको छ।
भारत निर्वाचन आयोगले यो विषयमा दुई राज्यका मुख्य निर्वाचन अधिकृतहरूबाट तत्काल प्रतिवेदन मागेको छ।
आयोगले प्रशान्त किशोरले कुनै स्थानबाट आफ्नो नाम हटाउने प्रक्रिया पूरा गरे/नगरेको विषयमा स्पष्टीकरण मागेको छ। यस्तो दोहोरो दर्ता जनप्रतिनिधित्व ऐन, १९५१ अन्तर्गत अपराध मानिन्छ।
यस विषयमा प्रशान्त किशोरले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। उनका नजिकका स्रोतहरूले भनेका छन्, “यो सम्भवतः प्रशासनिक त्रुटि हुन सक्छ।”
तर विपक्षी दलहरूले यो घटनालाई निर्वाचन नैतिकताको उल्लंघन भन्दै स्पष्ट जवाफ मागेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement