केनबरा: वनडे सीरीजको हारलाई भुलेर भारतीय टीम अहिले टी२० सीरीजको साथ नयाँ शुरुवात गर्न तयार छ। सूर्यकुमार यादवको कप्तानीमा रहने भारतीय टीमले अब टी२० सीरीजमा अष्ट्रेलियाको चुनौती स्वीकार्नेछ। दुई टीमबीच सीरीजको पहिलो टी२० म्याच केनबरामा खेलिनेछ। शुभमन गिलको कप्तानीमा भारतले वनडे सीरीजमा १-२-ले हारको सामना गर्नु परेको थियो तर अहिले टीम नयाँ प्रारूपमा सूर्यकुमारको कप्तानीमा खेल्न तयार छ। सूर्यकुमार गत केही समयदेखि असल फर्ममा रहेका छैनन् अनि यस सीरीजमा टीमलाई उनीबाट केही असल ईनिंग्सको आशा रहनेछ। अष्ट्रेलियाविरुद्ध सीरीजमा भारत त्यही अन्तिम एकादशको साथ ओर्लिने लगभग तय छ, जसले यस साल एशिया कपको खिताब जितेको थियो। भारतसँग अहिले एउटा मजबूत टी२० टीम रहेको छ अनि टीमले गत १० वटा म्याचमा ८ वटा जितेर केवल एउटा हारेको छ। एउटा म्याच अनिर्णित रहेको छ। अष्ट्रेलियाई टीमले पनि भारतले झैं आफ्नो गत १० वटा म्याचमा ८ वटा जितेर केवल एउटा हारेको छ। एउटा म्याच वर्षाले गर्दा रद्द भएको थियो। सूर्यकुमारले कप्तानको रूपमा रेकर्ड असाधारण रहेको छ। सूर्यकुमारको अगुवाईमा भारतले अहिलेसम्म २९ वटा म्याच खेलेर २३ वटा जितेको छ। उनको कप्तानीमा भारतले अहिलेसम्म कुनै द्विपक्षीय टी२० सीरीज गुमाएको छैन अनि हालै पाकिस्तानलाई पराजित गरी एशिया कपको खिताब पनि जितेको थियो। टी२० वर्ल्ड कप २०२६ नजिकै रहेको हुनाले भारतको तयारीहरूको दृष्टिकोणले अष्ट्रेलियाविरुद्ध यो सीरीज पनि निक्कै महत्त्वपूर्ण रहनेछ। मुख्य प्रशिक्षक गौतम गम्भीरले सूर्यकुमारको फर्मलाई लिएर चिन्ताहरूलाई खारेज गरे पनि कप्तान स्वयं पनि चाँड़ै फर्ममा फर्किन चाहन्छन्।
अष्ट्रेलियाविरुद्ध सीरीजमा पनि शुभमन गिल र अभिषेक शर्मालाई ओपनिंग गरिरहेको देखिनेछ। तेस्रो नम्बरमा कप्तान सूर्यकुमार स्वयं ओर्लनेछन् अनि चौथो स्थानमा तिलक वर्मालाई देखिने सम्भावना छ। पेस बलिंग अलराउण्डर हार्दिक पाण्ड्याको अनुपस्थितिमा शिवम दुबेले अन्तिम एकादशमा स्थान पाउने सम्भावना छ। यसबाहेक अलराउण्डर अक्षर पटेलको चयन पनि लगभग तय रहेको छ। टीम म्यानेजमेण्टले एकजना अतिरिक्त ब्याटर खेलाउने निर्णय लिए रिंकू सिंहले मौका पाउन सक्छन्। जितेश शर्मा रहे पनि विकेटकीपरको रूपमा सञ्जु सेमसनले नै म्याच खेल्ने सम्भावना छ। सेमसनले पूरा एशिया कपमा विकेटकीपिंग गरेका थिए। बलिंगमा स्पिन आक्रमणको जिम्मेवारी अक्षर र वरुण चक्रवर्तीमाथि रहनेछ। यसरी टीममा जसप्रीत बुमराह र अर्शदीप सिंहको रूपमा दुईजना विशेषज्ञ पेस बलर सामेल गरिने सम्भावना छ। मानुका ओवलको पीचमा बाउन्स रहने सम्भावना छ अनि टीम म्यानेजमेण्टले अतिरिक्त पेस बलर खेलाउन चाहे हर्षित राणाले मौका पाउन सक्छन्। म्याच भारतीय समयानुसार दिउँसो १ः३० बजीदेखि शुरु हुनेछ।











