सिडनी: भारतीय वनडे टीमका उपकप्तान श्रेयस अय्यर आईसीयू-बाट बाहिर आएका छन्। अष्ट्रेलियाविरुद्ध आइतवार खेलिएको तेस्रो वनडे म्याचको अवधि फील्डिंग गर्दा उनलाई चोट लागेको थियो। त्यसपछि उनलाई सिडनीको एउटा अस्पतालमा भर्ना गरिएको थियो। सोमवार भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-को उनको स्वास्थ्यबारे अपडेट दिँदै टीमका डाक्टर उनीसँग अस्पतालमै रहने बताएको थियो। अहिले ताजा रिपोर्ट अनुसार, श्रेयसलाई आईसीयू-बाट बाहिर निकालिएको छ। उनको स्थिति अहिले स्थिर रहेको छ। बीसीसीआई-ले यसअघि श्रेयसको देब्रे करंगको तल्लो हिस्सामा चोट लागेको जानकारी दिएको थियो। चोटको गम्भीरताले गर्दा उनलाई जाँचको निम्ति अस्पतालमा भर्ना गरिएको थियो। स्क्यानमा उनको फियो (स्प्लीन)-मा चोट लागेको अनि आन्तरिक रक्तस्राव भएको पत्तो लाग्यो। अहिले उनको उपचार चलिरहेको छ अनि स्थिति स्थिर रहेको छ। बीसीसीआई-को मेडिकल टीमले सिडनी र भारतका विशेषज्ञहरूसँग परामर्श लिएर चोटको स्थितिमाथि कड़ा नजर राखेको छ। भारतीय टीमका डाक्टर श्रेयसको दैनिक प्रगतिको आकलन गर्न उनीसँग सिडनीमै रहनेछन्। उल्लेखनीय छ, हर्षित राणाको बलिंगमा आइतवार अष्ट्रेलियाई ब्याटर एलेक्स केरीले शट् खेल्दा क्याच लिने प्रयासमा श्रेयसलाई चोट लागेको थियो। क्याच सफलतापूर्वक लिए पनि मैदानमा लड़्दा श्रेयसको छात्तीमा चोट लागेको थियो। त्यसपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो। श्रेयसका माता-पिता पनि उनलाई भेट्न चाँड़ै अष्ट्रेलिया जान सक्छन्। उनीहरूले तत्काल भीजाको निम्ति आवेदन गरेका छन्।











