रियल म्याड्रिडका स्टार डिफेण्डर कार्वाहाल चोटले गर्दा २ महिनासम्म खेलदेखि बाहिर रहने

IMG-20251028-WA0103

म्याड्रिड: रियल म्याड्रिडका स्टार डिफेण्डर डेनी कार्वाहाल चोटले गर्दा कम्तीमा २ महिना खेलदेखि बाहिर रहनेछन्। बार्सिलोनाविरुद्ध एल क्लासिको म्याचमा रियल म्याड्रिडको २-१-ले जीतको अवधि कार्वाहालको घुँड़ामा चोट लागेको थियो। ला लीगा क्लबले यस खबरको पुष्टि गरेको छ। यस चोटले गर्दा कार्वाहाल आउँदो सालको शुरुवातसम्म मैदानदेखि बाहिर रहनेछन् कारण रिकवरी प्रक्रियामा कम्तीमा २ महिना समय लाग्नेछ। रियल म्याड्रिडद्वारा आफ्नो आधिकारिक वेबसाइटमा जारी बयानमा भनिएको छ, रियल म्याड्रिडको मेडिकल सर्विसेजद्वारा कप्तान डेनी कार्वाहालमाथि गरिएको टेस्टपछि उनको दाहिने घुँड़ाको हड्डी फुस्किएको पत्तो लाग्यो अनि अब यस डिफेण्डरको अर्थ्रोस्कोपी सर्जरी हुनेछ। उल्लेखनीय छछ, यो नयाँ चोट स्पेनका इण्टरनेशनल खेलाड़ीको निम्ति ठूलो झट्का हो कारण मांसपेशीको चोटले गर्दा एक महिनासम्म बाहिर रहेपछि उनी बार्सिलोनाविरुद्ध म्याचको दोस्रो हाफमा सब्स्टीट्यूड खेलाड़ीको रूपमा मैदानमा ओर्लिएका थिए। अब रिकवरी टाइमलाइन सही रहे पनि कार्वाहाल २०२५-मा फेरि मैदानमा ओर्लिन सक्नेछैनन्। यस अवधि उनले कम्तीमा १० वटा म्याच मिस गर्नेछन्, जसमा ला लीगाको ७ र च्याम्पियन्स लीगको ३ वटा म्याच सामेल छ।
यस ३३ वर्षीय खेलाड़ीले २०२४-२५ सीजनको लगभग पूरा समय नै घुँड़ाको लिगामेण्ट फाट्दा मैदान बाहिर बिताएका थिए अनि वर्तमान सीजनको शुरुवातमै जाभी अलोन्सोको टीममा राइट ब्याकको स्थान लिन आएका नयाँ खेलाड़ी ट्रेण्ट अलेक्जेण्डर-अर्नोल्डसँग लड़ाइँ गर्न मैदानमा फर्किएका थिए। सेण्टियागो बर्नब्यू स्टेडियममा बार्सिलोनाविरुद्ध रियल म्याड्रिडको एल क्लासिको जीतको साथ कार्वाहालले आफ्नो २००औं ला लीगा जीत हासिल गरेका थिए। उनले रियल म्याड्रिडको निम्ति अहिलेसम्म २९३ वटा म्याच खेलेर १० गोल गरेका छन्। उनले ४ पल्ट टीमसँग ला लीगा खिताब जितेका छनन्। कार्वाहालले रियल म्याड्रिडको साथ १८ अगस्त २०१३-मा पदार्पण गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement