प्रतिका रावल टुर्नामेण्टबाट बाहिर हुँदा भारतलाई ठूलो झट्का

IMG-20251027-WA0175

नयाँ दिल्ली: अष्ट्रेलियाविरुद्ध महिला वनडे वर्ल्ड कप २०२५-को सेमिफाइनल म्याच अघि भारतीय टीमलाई ठूलो झट्का लागेको छ। टीमकी स्टार ओपनर प्रतिका रावल चोटले गर्दा टुर्नामेण्टबाट बाहिर भएकी छन्। आइतवार बंगलादेशविरुद्ध नवी मुम्बईमा खेलिएको लीग चरणको अन्तिम म्याचमा क्याच लिने प्रयास गर्दा प्रतिकाको खुट्टा मर्किएको थियो। उनले तुरन्तै मैदान छोड़ेकी थिइन्। बीसीसीआई-को एउटा सूत्रले पीटीआई-लाई बताएअनुसार, मैदानमा लड़दा नै उनी नक्आउट म्याचहरूको निम्ति उपलब्ध नरहने स्पष्ट भएको थियो। यो दुर्भाग्यजनक कुरा हो। प्रतिका जारी वर्ल्ड कपमा दोस्रो सर्वाधिक रन बनाउने ब्याटर हुन्। उनले ७ वटा म्याचको ६ वटा ईनिंग्समा ५१.३३-को औसत र ७७.७७-को स्ट्राईक रेटले ३०८ रन बनाएकी छन्। यसमा एउटा शतक र एउटा अर्द्धशतक सामेल छ। प्रतिकाभन्दा अधिक रन एकमात्र स्मृति मन्धना (३६५ रन)-ले बनाएकी छन्। अहिले सेमिफाइनलमा उनको अनुपस्थितिले भारतीय टीमको चिन्ता निश्चित रूपले बढ़ाउनेछ। घटना बंगलादेशको ईनिंग्सको २१औं ओभरमा भएको थियो। दीप्ति शर्माकी बलिंगमा शर्मिन अख्तरले मिडविकेटमा शट् खेलेकी थिइन्। बल रोक्ने प्रयासमा दगुर्दा खुट्टा मैदानमा अल्झिएर प्रतिका लड़िन् अनि भीडियोमा उनको खुट्टा मर्किएको स्पष्ट देखियो। त्यसपछि उनी फिजियोको सहायताले मैदान बाहिर गइन्। भारतको ईनिंग्समा उनी ओपनिंग गर्न ओर्लिनन्। मन्धनाले अमनजोत कौरसँग ईनिंग्सको शुरुवात गरेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement