भारतविरुद्ध सीरीजको निम्ति दक्षिण अफ्रिकी टीमको घोषणा

IMG-20251027-WA0176

नयाँ दिल्ली: दक्षिण अफ्रिकी क्रिकेट बोर्डले सोमवार भारतविरुद्ध २ वटा टेस्ट म्याचको सीरीजको निम्ति टीम घोषणा गऱ्यो। चोटबाट मुक्त कप्तान तेम्बा बावुमाले दक्षिण अफ्रिकी टीमको अगुवाई गर्नेछन्। सीरीजको पहिलो टेस्ट म्याच १४ नोभेम्बरदेखि कलकत्तामा शुरु हुनेछ। यसरी दोस्रो टेस्ट म्याच २२ नोभेम्बरदेखि गुवाहटीमा खेलिनेछ। बावुमा हालै पाकिस्तानमा खेलिएको २ वटा टेस्ट म्याचको सीरीजबाट बाहिर रहेका थिए। त्यस सीरीजमा खेल्ने अधिकांश खेलाड़ीहरूलाई नै भारतविरुद्ध सीरीजको निम्ति टीममा कायम राखिएको छ। म्याच अभ्यासको कमी पूरा गर्न बावूमाले २ नोभेम्बरदेखि दक्षिण अफ्रिका ए र भारत ए-बीच बेंगलुरु स्थित बीसीसीआई-को सेण्टर अव् एक्सीलेन्स केन्द्रमा खेलिने ४ दिवसीय टेस्ट म्याचमा हिस्सा लिन सक्छन्। दक्षिण अफ्रिकाले साइमन हार्मर, केशव महाराज र सेनुरन मुथुसामीको रूपमा तीन प्रमुख स्पिनरहरूलाई टीममा सामेल गरेको छ। यी तीनजना स्पिनरले पाकिस्तानविरुद्ध सीरीजमा प्रभावशाली प्रदर्शन गरेका थिए। यसरी कगिसो रबाडा, अलराउण्डर कर्बिन बश, मार्को यानसन र वियान मुल्डरले पेस आक्रमणको जिम्मेवारी सम्हाल्नेछन्।
भारतविरुद्ध टेस्ट सीरीजको निम्ति दक्षिण अफ्रिकी टेस्ट टीम यसप्रकार रहेको छः तेम्बा बावूमा (कप्तान), एडेन मार्करम, रेयान रिकेल्टन, ट्रिस्टन स्टब्स, काइल वेरिन, डेवाल्ड ब्रेविस, जुबैर हमजा, टोनी डी जोर्जी, कर्बिन बश, वियान मुल्डर, मार्को यानसन, केशव महाराज, सेनुरन मुथुसामी, कगिसो रबाडा र साइमन हार्मर।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement