जारी सीजनमा अन्य कुनै टुर्नामेण्टमा नखेल्ने फसेला गरिन् पीभी सिन्धूले

IMG-20251027-WA0128

नयाँ दिल्ली: भारतकी स्टार महिला ब्याडमिण्टन खेलाड़ी पीभी सिन्धूले जारी सीजनमा अब कुनै पनि बीडब्ल्यूएफ टूर टुर्नामेण्टमा हिस्सा लिनेछैनन्। सिन्धूले यो फसेला खुट्टामा रहेको चोटबाट मुक्ति पाउनमा ध्यान केन्द्रित गर्न लिएकी छन्। सिन्धूले यूरोपियन चरण अघि यस्तो निर्णय लिएकी छन्। हैदराबादकी ३० वर्षीय शट्लरले बताएअनुसार, सहयोगी टीम र चिकित्सा विशेषज्ञहरूबाट परामर्श लिएपछि उनले यस्तो फसेला लिएकी हुन्। चिकित्सा विशेषज्ञहरूमा प्रसिद्ध खेल हड्डी रोग विशेषज्ञ डा. दिनशा पारदीवाला पनि सामेल छन्। सिन्धूले भनिन्, आफ्नो टीमसँग विचार विमर्श गरेपछि अनि डाक्टर पारदीवालाको सल्लाहपछि हामीले मेरो निम्ति २०२५-मा रहल सबै बीडब्ल्यूएफ टूर प्रतियोगिताहरूबाट हट्नु नै सर्वश्रेष्ठ रहने अनुभव गऱ्यौं। यूरोपियन चरण अघि मेरो खुट्टामा चोट लागेको थियो अनि त्यो अहिलेसम्म सम्पूर्ण रूपले ठीक भएको छैन। चोट लाग्नु कुनै पनि खेलाड़ीको करियरको हिस्सा हुन्छ तर यसलाई स्वीकार गर्नु सजिलो हुँदैन। यस प्रकारका परिस्थितिहरूले तपाईंको धैर्यको परीक्षा लिन्छ अनि तपाईंलाई मजबूत भएर फर्किन प्रेरित गर्छ। गत वर्ष पेरिस ओलम्पिकको शुरुवाती राउण्डमै बाहिर भएपछि सिन्धूको निम्ति यो साल पनि असल रहेन। उनी धेरैवटा प्रतियोगितामा पहिलो राउण्डमै बाहिर भइन् अनि यस अवधि एउटा खिताब पनि जित्न सकिनन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement