सिडनी: भारतीय वनडे टीमका उपकप्तान श्रेयस अय्यरलाई सिडनीको अस्पतालमा भर्ना गरिएको छ अनि अहिले उनलाई आईसीयू-मा राखिएको छ। अष्ट्रेलियाविरुद्ध तेस्रो वनडे म्याचमा फील्डिंग गर्दा श्रेयसलाई चोट लागेको थियो। त्यस चोटले श्रेयसको आन्तरिक रक्तस्राव (इण्टरनल ब्लीडिंग) भएको थाहा लागेको छ। श्रेयसको देब्रे छात्तीमा चोट लागेको थियो अनि शुरुवाती रिपोर्टमा उनी कम्तीमा ३ हप्ता मैदानदेखि बाहिर रहने लागिरहेको थियो तर अहिले उनको खेलमा पुनरागमनमा अझ केही समय लाग्ने लागिरहेको छ। वास्तवमा सिडनी क्रिकेट ग्राउण्डमा खेलिएको तेस्रो वनडे म्याचमा अष्ट्रेलियाई ब्याटर एलेक्स केरीको क्याच लिएपछि मैदानमा लड़्दा श्रेयसलाई चोट लागेको थियो। चोट लागेपछि श्रेयसले तुरन्त मैदान छोड़ेका थिए। त्यसपछि भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले श्रेयसलाई नजिकैको अस्पतालमा लगिएको अनि उनको उपचार चलिरहेको जानकारी दिएको थियो। बीसीसीआई सूत्रले बताएअनुसार, श्रेयस गत केही समयदेखि आईसीयू-मा रहेका छछन्। रिपोर्ट आएपछि आन्तरिक रक्तस्रावको पत्तो लाग्यो अनि उनलाई तुरन्त आईसीयू-मा राखियो। स्वास्थ्यमा सुधारको आधारमा उनलाई २-देखि ७ दिनसम्म डाक्टरहरूका देखरेखमा राखिनेछ। रक्तस्रावले गर्दा संक्रमणको खतरा रहेको हुनाले यस्तो गर्नु आवश्यक छ। अहिले उनको स्थिति स्थिर रहेको छ तर रक्तस्राव घातक हुन सक्छ। यसैकारण उनी आईसीयू-मै छन्। उनी एकजना मजबूत खेलाड़ी हुन् अनि चाँड़ै ठीक हुनेछन्। यस ३१ वर्षीय ब्याटरलाई भारत फर्किन फिट घोषित गरिन अघि कम्तीमा एक हप्ता सिडनीको अस्पतालमा बिताउनु पर्नेछ। श्रेयस भारतीय टी२० टीमको हिस्सा छैनन्, जसले २९ अक्टोबरदेखि अष्ट्रेलियाविरुद्ध ५ वटा म्याचको सीरीज खेल्नेछ।









