टोक्योमा करियरमा १०औं खिताब जित्न सफल बेलिण्डा बेनसिच

IMG-20251026-WA0097

टोक्यो: स्विट्जरल्याण्डकी बेलिण्डा बेनसिचले असाधारण प्रदर्शनको क्रम जारी राखिन् अनि पेन पेसेफिक ओपन टेनिस टुर्नामेण्ट च्याम्पियन बन्नमा सफलता हासिल गरिन्। बेनसिचले फाइनलमा लिण्डा नोस्कोवाविरुद्ध ६-२, ६-३-ले जीत हासिल गगरिन् अनि करियलको १०औं खिताब जितिन्। बेनसिचले यसअघि यस टुर्नामेण्टमा १० साल अघि भाग लिएकी थिइन्। आइतवार खेलिएको फाइनलमा उनले चेक गणराज्यकी प्रतिद्वन्द्वीलाई अधिक मौका दिइनन्। बेनसिचले नोस्कोवाकी सर्विसलाई ३ पल्ट तोड़ेर १ घण्टा २२ मिनटमा सजिलै जीत हासिल गरिन्। टोक्योमा यस स्विस् खेलाड़ीको केही सुखद यादहरू रहेको छ। उनले टोक्यो ओलम्पिक २०२०-मा महिला एकलको स्वर्ण र युगलमा रजत पदक जितेकी थिइन्। म्याचपछि बेनसिचले भनिन्, तपाईंहरू समक्ष खेल्नु असाधारण रह्यो। यसअघि मैले टोक्यो ओलम्पिकमा जीत हासिल गर्दा स्टेडियम खाली थियो। यसैकारण माहोल सम्पूर्ण रूपले अलग थियो तर मलाई तपाईंहरू समक्ष खेल्नु राम्रो लाग्यो। मलाई जापानमा खेल्नु मन पर्छ अनि यसपाली फेरि खिताब जित्न सकेर खुशी छु।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement