क्वालालम्पुर: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मलेशियाको भ्रमणमा छन्। त्यहाँ उनका विरुद्धमा विरोध प्रदर्शन भएको छ।
मलेशियाको राजधानी क्वालालम्पुरमा ट्रम्प विरोधी र्याली आयोजना गरिएको छ।
समाचार एजेन्सी एएफपीको भिडियोमा प्रदर्शनकारीले ट्रम्पविरुद्ध नाराबाजी गरिरहेको देखियो।
धेरैले प्यालेस्टिनी झण्डा फहराउँदै ʻट्रम्प, मलेशियामा तपाईंलाई स्वागत छैनʼ लेखिएको ब्यानर प्रदर्शन गरे।
ट्रम्प हाल एसियाको एक हप्ता लामो भ्रमणमा छन्।
मलेशियामा उनको उपस्थितिमा थाइल्याण्ड र कम्बोडियाले आफ्नो पारस्परिक सीमा विवादमा ʻशान्ति सम्झौताʼमा हस्ताक्षर गरेका छन्।










