राजबिराज: हिन्दुहरुको महान पर्व छठपर्वको पावन अवसरमा तराई मधेस महिला फाउन्डेशन नेपाल द्वारा छठ पर्वका व्रतालु महिलाहरुलाई साडि वितरण गरिएको छ। छठ पर्वको शुरुवात मानिने दिन नहाइ खाई दिनको अवसर पारेर राजविराज नगरपालिका वडा नम्बर-६ स्थित पुरानो पोखरी महाडमा फाउन्डेशनका अध्यक्ष सुनिता कुमारी साहले मन्तब्य सहित स्थानीय महिलाहरुलाई साडी वितरण गरी कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा उपस्थित अन्य महिला दिदिबहिनीहरु आशिर्वाद सहित अबिरको टीका लगाएर एकअर्कामा शुभ कामना साटासाट गर्दै सन्तान दाहिने हुन,रोग बिकार विनाश,धन प्रदायणि महान देवी छठि माताको जय जयकार गरी महिलाहरुले तराई मधेस महिला फाउन्डेशन नेपालको उत्तोरउत्तोरको प्रगतिको कामना गरे।

फाउन्डेशनकि अध्यक्ष सुनिता कुमारी साहलाई राम्रो कामको शुरूवात गरेको भनेर सराहना गरेका थिए।विगत ८ वर्षदेखि निरन्तर रुपमा छठ पर्व लगायत विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रमको अवसरमा फाउंडेशनले सहयोग र वितरण कार्यक्रम संचालन गर्दै आएको छ। सो अबसरमा अध्यक्ष साहले,”छठ पर्व श्रर्द्दा,आस्था र स्व्च्छताको पर्व हो। यो पर्वले महिलाहरुमा धार्मिक उर्जा र आत्मबल वृद्धि गर्दछ”भनिन्।










