श्रेयस अय्यर करंगको चोटले गर्दा कम्तीमा ३ हप्ता मैदानदेखि बाहिर रहने

IMG-20251026-WA0083

नयाँ दिल्ली: भारतीय पुरुष वनडे क्रिकेट टीमका उपकप्तान श्रेयस अय्यर दाहिने तर्फको करंगमा लागेको चोटले गर्दा कम्तीमा ३ हप्ताको निम्ति मैदानदेखि बाहिर भएका छन्। शनिवार अष्ट्रेलियाविरुद्ध सिडनीमा खेलिएको तेस्रो वनडे इण्टरनेशनल म्याचमा एलेक्स केरीको क्याच लिने प्रयास गर्दा श्रेयसलाई चोट लागेको थियो। केरीले हर्षित राणाको बलिंगमा उँचाईमा शट् खेलेका थिए। ब्याकवर्ड पोइण्टमा उभिएका श्रेयसले उल्टा दिशामा दगुर्दै दर्शनीय क्याच लिएका थिए तर जमीनमा लड़्दा उनको देब्रे करंगमा चोट लागेको थियो। त्यसको लगत्तै पछि उनले मैदान छोड़ेका थिए। भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-को स्रोतले पीटीआई-लाई बताएअनुसार, म्याचको अवधि नै श्रेयसलाई स्क्यानको निम्ति अस्पताल लगिएको थियो। प्रारम्भिक जाँचमा करंगमा चोट लागेको पुष्टि भएको छ अनि उनले कम्तीमा ३ हप्ता आराम गर्नु पर्नेछ। स्क्यानमा हेयरलाइन फ्र्याक्चर पाइए चोट निको हुन अझ अधिक समय लाग्न सक्छ। यस चोटले गर्दा दक्षिण अफ्रिकाविरुद्ध ३० नोभेम्बरदेखि राँचीमा शुरु हुने वनडे सीरीजमा श्रेयसको उपलब्धतामाथि प्रश्न उठेको छ। उल्लेखनीय छ, नोभेम्बरको अन्तमा भारत र दक्षिण अफ्रिकाबीच ३ वटा वनडे म्याचको सीरीज खेलिनेछ। पहिलो म्याच ३० नोभेम्बरमा राँचीमा खेलिनेछ। त्यसपछि दोस्रो र तेस्रो वनडे म्याच क्रमशः ३ र ६ दिसम्बरमा खेलिनेछ। ३० वर्षीय श्रेयस अहिले केवल वनडे प्रारूपमा खेलिरहेका छन्। कम्मरको समस्याले गर्दा उनले ६ महिनासम्म रातो बलको प्रारूपबाट टाढ़ा रहने फसेला गरेका छन्। गत केही समयदेखि उनी भारतको टी२० टीममा रहेका छैनन्। श्रेयसले हालै अष्ट्रेलियाविरुद्ध दोस्रो वनडे म्याचमा ६१ रन बनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement