नयाँ दिल्ली: ग्रेटर नोएडामा आउँदो महिना हुने वर्ल्ड कप फाइनल्स अघि भारतीय बक्सिंग टीमलाई ठूलो झट्का लागेको छ। यस प्रतिष्ठित टुर्नामेण्टमा टोक्यो ओलम्पिकमा पदक जित्ने महिला बक्सर लवलीना बोरगोहेन खेल्नेछैनन्। वर्ल्ड कप फाइनल्समा प्रत्येक भार वर्गमा विश्वका शीर्ष ८ बक्सरले मात्र खेल्नेछन्। लवलीनाले वर्ल्ड कप फाइनल्सको निम्ति क्वालीफाई गरेकी थिइन् अनि उनलाई पदक जित्ने प्रबल दावेदार पनि मानिएको थियो तर नाकको बढ़ेको हड्डीले गर्दा उनले यस टुर्नामेण्टबाट हट्ने फसेला गरिन्। अब उनले आफ्नो नाकको सर्जरी गराउनेछिन्। लवलीना वर्ल्ड कप फाइनल्सको तयारीहरूको निम्ति एनआईएस पटियालामा जारी शिविरमा पनि सामेल भइनन्। २०२३-को वर्ल्ड च्याम्पियनशीपमा स्वर्ण पदक विजेता लवलीनाले भारतीय बक्सिंग महासंघलाई यस टुर्नामेण्ट खेल्न नसक्ने बारे सूचित गरेकी छन्। अब उनको भार वर्ग ७५ किग्रामा पपूर्व वर्ल्ड च्याम्पियन स्वीटी बूराले हिस्सा लिनेछिन्। यसरी दुईपल्टकी वर्ल्ड च्याम्पियन निकहत जरीन (५१ किग्रा), लीभरपूलमा वर्ल्ड च्याम्पियन बन्ने जेस्मिन (५७ किग्रा), त्यही च्याम्पियनशीपमा स्वर्ण पदक जित्ने मीनाक्षी हुड्डा (४८ किग्रा), रजत पदक जित्ने नुपुर श्योरान (८० किग्राभन्दा अधिक) र काँस्य पदक जित्ने पूजा रानी (८० किग्रा)-ले पनि शीर्ष आठमा रहेर वर्ल्ड कप फाइनल्समा हिस्सा लिनेछिन्। पुरुष वर्गमा जदुमणि सिंह र अभिनाष जामवालले मात्र क्वालीफाई गरेका छन् तर आयोजक देश भएको हुनाले भारतलाई पुरुष र महिला वर्गमा सबै १०-१० भार वर्गहरूमा हिस्सा लिने वर्ल्ड बक्सिंगले अनुमति दिएको छ। सबै भार वर्गमा बक्सर खेलाउने भारत एकमात्र देश हुनेछ।










