नाड़ीको चोटबाट मुक्त म्याक्सवेल भारतविरुद्ध टी२० सीरीज खेल्न तयार

IMG-20251025-WA0089

सिडनी: अष्ट्रेलियाका अनुभवी अलराउण्डर ग्लेन म्याक्सवेलको नाड़ीको चोट निको भइसकेको छ अनि उनले भारतविरुद्ध आउँदो टी२० इण्टरनेशनल सीरीजमा खेल्ने प्रबल सम्भावना रहेको छ। यसरी पेस बलर महली बियर्डम्यानलाई पनि टीममा चयन गरिएको छ। भारत र अष्ट्रेलियाबीच ५ वटा टी२०आई म्याचको सीरीज २९ अक्टोबरदेखि शुरु हुनेछ। यी दुई टीमबीच अहिले तीनवटा वनडे म्याचको सीरीज खेलिँदैछ। टी२० सीरीजको निम्ति ३७ वर्षीय म्याक्सवेल र बियर्डम्यान अन्तिम ३ वटा म्याचको निम्ति चयनको निम्ति उपलब्ध रहनेछन्। यसबाहेक पेस बलर जोश हेजलवुड र बलिंग अलराउण्डर सीन एबट क्रमशः पहिलो २ र ३ वटा म्याचको निम्ति उपलब्ध रहनेछन्। सेप्टेम्बरमा न्यूजील्याण्डमा अष्ट्रेलियाको ३ वटा टी२० म्याचको सीरीज अघि नेटमा बलिंग गर्दा म्याक्सवेलको नाड़ीमा फ्र्याक्चर भएको थियो। २० वर्षीय बियर्डम्यानले अहिलेसम्म लिस्ट ए-को ५ वटा म्याच र बिग ब्याश लीगको २ वटा म्याचमा असाधारण प्रदर्शन गरेका छन्। यस प्रदर्शनको साथ उनी भारतविरुद्ध यस महत्त्वपूर्ण सीरीजको निम्ति टीममा स्थान बनाउन सफल भएका छन्। उनी २०२४-मा अण्डर-१९ वर्ल्ड कप जित्ने अष्ट्रेलियाई टीमका स्टार खेलाड़ी थिए। उनले फाइनलमा ३ विकेट लिएका थिए। उनले गत वर्ष सीनियर वनडे टीमको साथ ईंग्ल्याण्ड यात्रा पनि गरेका थिए तर उनले म्याच खेल्ने अवसर पाएका थिएनन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement