कोच्चि: स्टार फूटबलर लियोनल मेस्सीलाई खेलिरहेको हेर्न उत्सुक भारतीय प्रशंसकहरूका निम्ति दुःखद खबर रहेको छ कारण अर्जेण्टिनाई दिग्गज आउँदो महिना केरल यात्रामा आउनेछैनन्। यस म्याचको आयोजकहरूले शनिवार यस्तो जानकारी दिएका छन्। यसअघि यस प्रस्तावित फूटबल म्याचको प्रायोजक एण्टो अगस्टीनले केरल खेल विभागसँग मिलेर मेस्सीको नेतृत्वमा रहने अर्जेण्टिनाई टीमले १७ नोभेम्बरमा कोच्चीमा एउटा मैत्री म्याच खेल्ने घोषणा गरेको थियो। अगस्टीनले आफ्नो फेसबुक पेजमा अर्जेण्टिनाई टीमको मैत्री म्याच आउँदो महिना नहुने घोषणा गरेको छ। अगस्टीनले लेखेको छ, फिफाबाट अनुमति हासिल हुनमा भएको विलम्बले गर्दा अर्जेण्टिना फूटबल एसोसिएशन (एएफए)-सँग चर्चापछि यस म्याचलाई नोभेम्बरको विण्डोमा स्थगित गर्ने निर्णय लिइएको छ। यसको साथमा प्रायोजक अगस्टीनको तर्फबाट केरलमा यस म्याचको आयोजन आउँदो अन्तर्राष्ट्रिय सत्रको अवधि गरिने अनि नयाँ तारिखको घोषणा चाँडै गरिने जानकारी दिएको छ। यसबीच केरलका खेलमन्त्री भी अब्दुरहमानको कार्यालयका अधिकारीहरूले बताएअनुसार, उनीहरूले म्याच स्थगित गरिएको विषयमा कुनै आधिकारिक सूचना प्राप्त भएको छैन। एकजना अधिकारीले बताएअनुसार, विभागले सम्बन्धित अधिकारीहरूसँग कुराकानी गरेर मात्र कार्यक्रममा बद्लाउको पुष्टि गर्नेछ। यसअघि एएफए-का प्रतिनिधिहरूले सुविधाहरूको जाँच गर्न कोच्चि स्थित जवाहरलाल नेहरू अन्तर्राष्ट्रिय स्टेडियमको यात्रा गरेका थिए।










