झापाका मुख्य बजारमा सेनासहितको संयुक्त गस्ती

IMG-20251025-WA0078

झापा: तिहार, छठ र त्यसपछिको सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै नेपाली सेनाले झापाका मुख्य बजारहरुमा संयुक्त गस्तीलाई तीब्रता दिएको छ ।
नेपाली सेनाको श्री अरिदमन गण झापाले तिहार र छठ तथा त्यसपछिको सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै दिन र रात दुबै समयमा झापा जिल्लाका मुख्य बजारहरु सदरमुकाम चन्द्रगढी, बिर्तामोड, काँकडभिट्टा, दमक, गौरादहलगायतलाई केन्द्रित गरी गस्ती कार्बाही संचालन गरेको हो। त्यस गस्तीमा जनपद पुलिस र सशस्त्र पुलिस पनि सहभागी छन्। शुरु गरिएको संयुक्त गस्ती (१ नवंबर)१५ गतेसम्म संचालन हुने अरिदमन गण चारआलीले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement