नेवारी संस्कृतिमा म्हः(आत्म) पूजा आज

IMG-20251023-WA0076

झापा: नेवार समुदायको परम्परागत र मौलिक चाड रुपमा मनाइने म्हपूजा आज विधिवत् रूप मनाइएको छ। नेपालभाषामा ‘म्ह’ को अर्थ शरीर हुन्छ त्यसकारण पनि मह पूजा भन्नेले आफ्नो शरीरको पूजा भन्ने अर्थ लाग्दछ।
त्यसैले आफ्नो शरीरलाई आफैले पूजा गर्ने संस्कृति नै म्हपूजा हो र कसैले यसलाई आत्माको पूजा पनि भन्ने गर्दछन्।
मध्यपुर थिमिका धर्मसुन्दर बज्राचार्यका अनुसार म्हपूजा दिन आफ्नो शरीरको पूजामात्र नगरिने बताए।
दैनिक जीवनमा प्रयोग हुने घरायसी सामग्रीहरु कुचो, गाग्री, नाङ्लो लगायतका सामग्रीको पनि पूजा गरिने प्रचलन रहेको उनले जानकारी दिए।
म्हपूजा गर्दा सर्वप्रथम आफू बस्ने आसनको अगाडि एउटा मन्दः मण्डल बनाउने गरिन्छ। व्यक्तिको प्रतीकको रूपमा मन्दः बनाउने र व्यक्तिलाई गरिने सम्पूर्ण पूजाहरू सोही मन्दःमा गरिने गरिन्छ। मन्दः बनाउँदा त्यसमा जीवनका विभिन्न अवस्थाहरूको प्रतीक स्वरुप पानीको चक्का, तेलको चक्का बनाई त्यसमा म्हपूजा गर्दा मानिसको जीवनमा अन्धकार नाश होस् भनी लामो इताः मत बाल्ने गरिन्छ जसलाई खेलुइताः भनिन्छ।
त्यस्तै नेवार समुदायका बौद्ध धर्मालम्बीहरुले विशेष स्वस्ती पाठ गर्ने चलन पनि रहेको छ।

About Author

Advertisement