कोलकाता: भारतको अग्रणी अनलाइन ऋण सेवा प्रदायक क्रेडिटबी ले यस वर्षको दीपावलीलाई विशेष बनाउँदै नयाँ अभियान ‘हरेक प्रगतिमा साथ’ शुरु गरेको छ।
अभियानको उद्देश्य परिवार र व्यक्तिहरूलाई सम्झौताविनै आफ्नो खुशी र सफलता मनाउन सक्षम बनाउनु हो।
कम्पनीले पश्चिम बङ्गालमा मात्रै ३१ अर्ब रुपैयाँभन्दा बढी ऋण वितरण गरी २० लाखभन्दा बढी ग्राहकलाई सेवा पुर्याएको छ।
देशभरमा यसका ५ करोड ५९ लाखभन्दा बढी लोन खाता रहेको कम्पनीले जनाएको छ।
सीईओ मधुसूदन ई का अनुसार, भारतको डिजिटल ऋण प्रणालीले युवाहरू र शहरी परिवारहरूको जीवनशैली सुधार्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
क्रेडिटबीले पर्सनल, टू–व्हीलर र व्यवसायिक ऋणका साथै २४K डिजिटल गोल्ड र क्रेडिट रिपोर्ट समाधान जस्ता सेवा पनि प्रदान गर्दै आएको छ।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								




