पूर्व भारतीय क्रिकेटर हरभजन सिंह, श्रीसन्त र पियूष चावला ले यस वर्ष हुने अबुधाबी टी-१० क्रिकेट प्रतियोगितामा खेल्ने पुष्टि गरेका छन्।
उनीहरूसँगै वेस्टइन्डिजका किरोन पोलार्ड र दक्षिण अफ्रिकाका फाफ डु प्लेसी पनि मैदानमा देखिनेछन्।
प्रतियोगिता नोभेम्बर १८ देखि ३० सम्म जायद क्रिकेट स्टेडियममा आयोजना हुनेछ।
यस वर्ष कुल ८ टिम सहभागी हुनेछन्, जसमा नयाँ पाँच टिम- अजमान टाइटन्स, विस्टा राइडर्स, रोयल च्याम्प्स, एस्पिन स्टालियन्स र क्वेटा क्वालरी समावेश छन्।
गत वर्षका टिम दिल्ली बुल्स, नर्दन वारियर्स र डेक्कन ग्लाडियटर्स यस पटक पनि प्रतिस्पर्धामा रहनेछन्।
एस्पिन स्टालियन्सले हरभजन सिंहलाई र अजमान टाइटन्सले विश्वकप विजेता लेग स्पिनर पियूष चावलालाई टिममा राखेको छ।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								



