बेसी मात्रामा बोसोको सेवनले शुक्रकीटको गुणस्तर र गणनालाई असर

IMG-20251022-WA0066

प्रीतम शर्मा

शुक्रकीट गुणस्तर र सङ्ख्याका बारेमा विभिन्न खालका अनुसन्धान रिपोर्ट आएका छन्।
मानिसको आहारमा बोसोको मात्रा र प्रकारले शुक्रकीटको गुणस्तर र सङ्ख्यामा प्रभाव पार्ने निष्कर्ष अमेरिकामा गरिएको एक अध्ययनको छ।
खानामा ‘स्याच्युरेटेड’ बोसोले स्वास्थ्यमा खराब प्रभाव पर्ने प्रमाणित छ। अनुसन्धानकर्ताले कमजोर प्रजनन क्षमतासँग पनि यसका सम्बन्ध स्थापित गरेका छन्।
ह्युमन रिप्रडक्सन जर्नलमा जनाइए अनुसार म्यासाच्युसेट्स जनरल अस्पतालका रिप्रोडक्टिव इन्डो क्रिनोलोजीका अनुसन्धानकर्ता जिल अट्म्यानको टोलीले अमेरिकी पुरुषमा अनुसन्धान गर्दा धेरै बोसो खाने मानिसमा शुक्रकीटको सङ्ख्या कम हुने पत्ता लगाएको थियो।
यसका साथै ओमेगा-३ पोलिस्याच्युरेटेड बोसो भएको खाना खाने पुरुषमा शुक्रकीटको गुणस्तर र सङ्ख्या अधिक हुने भनाइ अट्म्यान टोलीको छ। माछा र वनस्पति तेलमा पाइन ओमेगा-३ पोलिस्याच्युरेटेड बोसोले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ।
यसअघिको एक अनुसन्धानले पनि मोटोपना र शुक्रकीटको गुणस्तरबीच सम्बन्ध हुने गरेको बताएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement