राजबिराज: सप्तरीको राजविराजमा तेलि कल्याण समाज नेपाल सप्तरी जिल्ला अध्यक्ष अमृत लाल साहको अध्यक्षतामा विशिष्ट अतिथि केन्द्रीय सललाहकार नेत्र विक्रम साह, केन्द्रीय सदस्य तथा केन्द्रीय महिला अध्यक्ष सुनिता कुमारी साह, साह सेवा सदन जिल्ला अध्यक्ष योगेन्द्र साह, जिल्ला सदस्य रमानन्द साह, जिल्ला सह सचिब सिंगेशवर साह,बैश्य समाज जिल्ला अध्यक्ष श्याम साह,जिल्ला सचिब योगेन्द्र प्रसाद साह, जिल्ला महिला अध्यक्ष प्रमिला साह, दिपेन्द्र साह, अनिरुद्द साह, युवा नेता घनानन्द यादव, नेपाली क्रागेश नेता ईन्द्रदेव, राजु साह लगायतका सहभागितामा गजेन्द्रनारायण चौकमा आ-आफनो धारणा राख्दै पुजारी राम दुलार साहको हत्यारा सार्वजनिक गर्न र पुलिस प्रशासन मुख दर्शक बनिरहेको आरोप लगाए। सो अबसरमा दिप प्रज्ज्वलन गरि अगामी दिनमा सबै संघ, संगठन, राजनतिक दल, आम नागरिक एक भई संयुक्त रुपमा दवाव मुलक कार्यक्रमहरु गर्ने प्रतिबद्धता राखि दिप प्रज्जलित गर्दै १मिनेटको मौन धारण गरि कार्यक्रम समापन् भएको छ।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								




