काठमाण्डोंँ: भारत सरकारले भारत र नेपाल बीचको लामो समयदेखिको विकास साझेदारी र मित्रतालाई ध्यानमा राख्दै, कोशी प्रदेशका बाढी प्रभावित इलाम, झापा र उदयपुर जिल्लाहरूका साथै नेपालका सातै प्रदेशका हुम्ला, मुस्ताङ, संखुवासभा, दार्चुला, बैतडी र अछाम जस्ता दुर्गम जिल्लाहरू सहित ४८ जिल्लाहरूमा अवस्थित विभिन्न शैक्षिक संस्थाहरूलाई ८१ वटा स्कूल बसहरू उपहार स्वरूप प्रदान गरेको छ।
विगत तीन दशकमा, भारतले नेपालका संस्थाहरूलाई ३८१ स्कूल बसहरू प्रदान गरेको छ।
भारत सरकारको विदेश मन्त्रालयको सहयोगमा नेपाल सरकारलाई सो सहयोग गरेको हो l
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								




