जापानको पहिलो महिला प्रधानमन्त्री बनिन् साने ताकाइची

IMG-20251021-WA0102

टोक्यो: जापानले पहिलो पटक महिला प्रधानमन्त्री पाएको छ। संसदको दुवै सदनमा बहुमत प्राप्त गर्दै साने ताकाइची जापानको पहिलो महिला प्रधानमन्त्री निर्वाचित भएकी हुन्।
६४ वर्षीया ताकाइची एक दक्षिणपन्थी राजनीतिज्ञ हुन्। उनी जापानकी ‘आइरन लेडी’ भनेर चिनिन्छ। जापानको प्रधानमन्त्री बन्ने यो ताकाइचीको तेस्रो प्रयास हो।
ताकाची सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) का सदस्य हुन्। विगत पाँच वर्षमा एलडीपी ले नयाँ प्रधानमन्त्री निर्वाचित गरेको यो चौथो पटक हो। हालैका वर्षहरूमा पार्टी धेरै घोटालाहरूमा फसेको छ।
सानेई ताकाइची एलडीपीको कट्टरपन्थी गुटकी हुन् र उनी पूर्व जापानी प्रधानमन्त्री शिन्जो आबेको नजिकको मानिन्छ। उनी पहिले सरकारी मन्त्रीको रूपमा काम गरेकी थिइन्, टिभी होस्ट पनि रहेकी छिन् र हेभी मेटल ड्रमर हुन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताकाइचीको प्रशंसा गर्दै उनलाई ‘अत्यन्त सम्मानित र बुद्धिमान नेता’ भनेका छन्।
प्रधानमन्त्री बनेपछि ताकाचीले धेरै चुनौतीहरूको सामना गर्नुपर्नेछ। सुस्त अर्थतन्त्रलाई गति दिनु, अमेरिका-जापान सम्बन्धमा जारी तिक्ततालाई सम्हाल्नु र विभाजित सत्ताधारी दललाई एकताबद्ध गर्नु उनका मुख्य चुनौतीका रुपमा देखिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement