मोहम्मद रिजवानको स्थानमा शाहीन शाह अफरीदी पाकिस्तानी वनडे टीमको कप्तान नियुक्त

IMG-20251021-WA0085

इस्लामाबाद: मोहम्मद रिजवानले पाकिस्तान वनडे क्रिकेट टीमको कप्तानी गुमाएका छन्। रिजवानको स्थानमा अनुभवी पेस बलर शाहीन शाह अफरीदीलाई पाकिस्तानी वनडे टीमको कप्तान नियुक्त गरिएको छ। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)-ले यसको पुष्टि गरेको छ। सीमित ओभरहरूका प्रारूपमा टीमका मुख्य प्रशिक्षक माइक हेसन, हाई परफर्मेन्स निदेशक आकिब जावेद र राष्ट्रिय चयनकर्ताहरूबीच इस्लामाबादमा भएको बैठकपछि यस्तो फसेला लिइएको छ। शाहीनलले ४ नोभेम्बरदेखि दक्षिण अफ्रिकाविरुद्ध खेलिने ३ वटा वनडे म्याचको सीरीजबाट पाकिस्तानी टीमको कप्तानी सम्हाल्नेछन्। शाहीनले यसअघि २०२४-को शुरुवातमा टी२० टीमको कप्तानी गरेका थिए तर केवल २ महिनापछि उनलाई कप्तानीबाट हटाइएको थियो। नयाँ बलको साथ आफ्नो आक्रमकता र निरन्तरताले गर्दा चिनिने शाहीनको दक्षिण अफ्रिकाविरुद्ध सीरीजमा नेतृत्व क्षमताको असली परीक्षा हुन्छ। रिजवानलाई अक्टोबर २०२४-मा पाकिस्तानको वनडे र टी२० टीमको कप्तान नियुक्त गरिएको थियो तर उनको नेतृत्वमा टीमले आशानुरुप नतीजा दिन सकेन। पाकिस्तानले रिजवानको कप्तानीमा २० वटा वनडे म्याच खेलेर केवल ९ वटा जित्न सक्यो जबकि ११ वटा म्याचमा टीमले हारको सामना गर्नु पऱ्यो। यसरी रिजवानको जीतको प्रतिशत ४५ रह्यो। टी२० प्रारूपमा उनको कप्तानीमा टीमको प्रदर्शन अझ निराशाजनक रह्यो। रिजवानको कप्तानीमा पाकिस्तानले ४ वटा म्याच खेलेर चारैवटा हाऱ्यो। लगातार हारको सम्मुखीन भएपछि रिजवानलाई टी२० टीमको कप्तानीबाट हटाएर सलमान अली आगालाई टीमको अगुवाई गर्ने जिम्मेवारी दिइएको थियो। पीसीबी-को एकपल्ट फेरि कप्तान बद्लिने निर्णयले पाकिस्तानी टीममा नियमित रूपले चल्दै आएको नेतृत्व परिवर्तनको प्रथा अहिले पनि जारी रहेको साबित भएको छ। रिजवानलाई वनडे टीमको कप्तानीबाट हटाउने चर्चा पहिलादेखि नै चलिरहेको थियो तर पीसीबी-को घोषणापछि यस खबरको पुष्टि भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement