काेलकत्ता: भारत र दक्षिण अफ्रिकाबीच काेलकत्ताको ईडन गार्डन्समा १४ नोभेम्बरदेखि पहिलो क्रिकेट टेस्ट म्याच खेलिनेछ। म्याचमा धेरभन्दा धेर संख्यामा दर्शकहरूले स्टेडियममा खेलको आनन्द लिन सकून भनेर बंगाल क्रिकेट संघ (सीएबी)-ले विशेष तयारी गरेको छ। यस म्याचको निम्ति सोमवार दिउँसो १२ बजीदेखि टिकट बिक्रीको निम्ति उपलब्ध गराइएको छ। प्रशंसकहरूले अनलाइन ऐपको माध्यमले पनि टिकट बुक गर्न सक्नेछन्, जससको मूल्य ६० रुपियाँ प्रतिदिन अर्थात् ५ दिनको निम्ति ३०० रुपियाँदेखि शुरु हुनेछ। यसरी प्रतिदिन २५० रुपियाँ (पूरा म्याचको निम्ति १२५० रुपियाँ)-को टिकट पनि उपलब्ध रहेको छ। वर्तमान वर्ल्ड टेस्ट च्याम्पियन दक्षिण अफ्रिकाविरुद्ध १४-देखि १८ नोभेम्बरसम्म खेलिने यो टेस्ट म्याच भारत र बंग्लादेशबीच २०१९-मा गुलाबी बलको साथ खेलिएको डे-नाइट म्याचपछि ईडन गार्डन्समा पहिलो टेस्ट हुनेछ। यो लगभग १३ सालपछि विराट कोहली बिना यस मैदानमा पहिलो टेस्ट पनि हुनेछ, जसले यसै वर्ष टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन्। भारत र दक्षिण अफ्रिकाबीच टेस्ट म्याच अघि ईडन गार्डन्समा बंगालको रणजी ट्रफीको घरेलु म्याचहरू खेलिँदैछ। टेस्ट म्याचको निम्ति पीच तयार गरिन अघि बंगालले शनिवार गुजरातविरुद्ध आफ्नो अन्तिम घरेलु म्याच खेल्नेछ।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								




