ट्रम्पको हेराईमा कोलम्बियाली राष्ट्रपति ‘अवैध लागुऔषध तस्कर’

IMG-20251020-WA0195

न्यूयोर्क: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोलाई अवैध लागुऔषध नेता भन्दै टिप्पणी गरेका छन्। ट्रम्पले कोलम्बियाली राष्ट्रपति एक अवैध लागुऔषध नेता भएको टिप्पणी गर्दै कोलम्बियाभरि उनले ठूलो मात्रामा लागुऔषध उत्पादनलाई जोडदार रूपमा प्रोत्साहन गरिरहेको आरोप लगाए।
‘यो अब कोलम्बियाको सबैभन्दा ठूलो व्यवसाय बनेको छ। अमेरिकाले ठूलो मात्रामा भुक्तानी र अनुदान प्रदान गरिरहेको भए पनि पेट्रोले यसलाई रोक्न केही गरिरहेको छैन। यो अमेरिकामाथिको ठगी बाहेक अरू केही होइन,’ उनले भने।
‘आजदेखि, यी भुक्तानी र अनुदानहरू अब कोलम्बियालाई दिइने छैनन्,’अमेरिकी राष्ट्रपतिले सामाजिक सञ्जालमा लेखेका छन्। ट्रम्पले लागुऔषधले अमेरिकामा धेरैजनाको ज्यान लिइसकेको बताएका छन्। उनले पेट्रोलाई चेतावनी दिँदै भनेका छन्, ‘यसको कारोबार रोकिएन भने अमरिका कडा कदम चाल्न बाध्य हुनेछ।’
ट्रम्पले कोलम्बियामाथि लागुपदार्थको तस्करीको बारम्बार आरोप लगाउँदै आएका छन्।
हालै, अमेरिकी सेनाले अमेरिकातर्फ जाँदै गरेका धेरै डुङ्गाहरूमा आक्रमण गरी ध्वस्त पारेको छ। ट्रम्पले यी डुङ्गाहरूलाई ‘लागुऔषध डुङ्गा’ भनी टिम्पणी गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement