राकेश क्रन्तिकारीद्वारा रचित ‘अनाम प्रेमिका’ को बिमोचन

IMG-20251019-WA0113

कालेबुङ: गत शनिबारको दिन कालेबुङस्थित गोर्खा दुख निवारक भवनमा एक कार्यक्रम बीच कवि राकेश क्रान्तिकारीको प्रथम कविता संग्रह “अनाम प्रेमिका” को विमोचन भयो। कार्यक्रममा विभिन्न संस्थाका बौद्धिक व्यक्तित्वहरू, कवि साहित्यकारहरू, कालेबुङ महाविद्यालयका प्राचार्य एवम् विद्यार्थीहरू साथै नेपाली साहित्यका पाठकहरूको बाकलो उपस्थिति थियो।
कार्यक्रमको सुरुवात कविता वाचनबाट गरिएको थियो। कवि भुमिका राई, प्रणय दाहाल, एकान्त प्रेमी, पुकार पारदर्शी, मनोज बोगटीले उत्कृष्ट कविता वाचन गरेँ।
वरिष्ठ कवि सुधीर छेत्री र टीका भाइले प्रकाशित कविता सङ्ग्रहमाथी चर्चा गरे भने प्रकाशक छेवाङ योन्जनले किताब प्रकाशन बारे आफ्नो मन्तव्य प्रकट गरे।


उपस्थित अतिथिहरू कवि भिमा राई तोलछा, कवि योगिता राई, कवि सुधीर छेत्री तथा कथाकार प्राचार्य सन्जय विष्टद्वारा कविता संग्रह “अनाम प्रेमिका” को संयुक्त रुपमा बिमोचन गरे। अन्त्यमा प्राचार्य सन्जय विष्टले “भाषाको भाष्य” शीर्षकमा आफ्नो गहकिलो मन्तव्य राखेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement