भाजयुमो टोलीद्वारा तकभर चौथो विभागका पैह्रो पीडितलाई राहत वितरण

IMG-20251019-WA0110

दार्जीलिङ: लगातार वर्षाका कारण उत्पन्न पैह्रोले क्षतिग्रस्त बनाएका क्षेत्रहरूमा राहत अभियानलाई निरन्तरता दिदै, भारतीय जनता युवा मोर्चा (भाजयुमो) दार्जीलिङको टोली आज बिजनबारी खण्डअन्तर्गत तकभर चौथो विभाग, वीर धुरा गाउँमा पुगेको छ।
भाजयुमो टोलीले स्थलगत निरीक्षण गर्दै पैह्रोपीडित परिवारहरूसँग प्रत्यक्ष भेटघाट गरेको र आवश्यक राहत सामग्री वितरण गरेको हो।
भ्रमण टोलीमा भाजपा सोम तकभर संयोजीका रेश्मा गुरुङ, भाजयुमो जिल्ला अध्यक्ष नीरज राई, उपाध्यक्ष सुपेन्द्र प्रधान, युवा मोर्चाका अगम प्रधान तथा सांसद कार्यलयका प्रतिनिधि कुमार प्रसाईं (कार्थिक) सहभागी थिए।


राहत सामग्री वितरण दार्जीलिङका सांसद राजु बिष्टको पहलमा गरिएको हो। टोलीले प्रशासनलाई प्रभावित क्षेत्रका समस्या समाधानका लागि तत्काल पहल गर्न आग्रह गर्दै पुनर्स्थापनाका कार्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको छ।
स्थानीय बासिन्दाहरूले यो भ्रमणले पीडित समुदायमा राहतसँगै आत्मबल र आशा जगाएको प्रतिक्रिया दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement