रो-को फेल, पहिलो वनडे म्याचमा भारतको ७ विकेटले हार

IMG-20251019-WA0100

पर्थ: भारतले अष्ट्रेलियाविरुद्ध वर्षाले बारम्बार वाधा पुऱ्याएको पहिलो वनडे इण्टरनेशनल क्रिकेट म्याचमा डकवर्थ-लुईस पद्धतिद्वारा ७ विकेटले हारको सामना गर्नु पऱ्यो। यस जीतको साथै अष्ट्रेलियाले ३ वटा वनडे म्याचको सीरीजमा १-०-को बढ़त हासिल गऱ्यो। यसरी वनडे टीमको कप्तानको रूपमा शुभमन गिलको पदार्पण निराशाजनक नै रह्यो। यसबाहेक लामो समयपछि प्रतिस्पर्धी क्रिकेटमा फर्किने भारतका दुई दिग्गज रोहित शर्मा र विराट कोहलीको निम्ति पनि म्याच निराशाजनक रह्यो। पूर्व कप्तान रोहितले केवल ८ रन बनाए जबकि कोहलीले खाता पनि खोलेनन्। अप्टस स्टेडियममा आज वर्षाले गर्दा म्याच २६-२६ ओभरको भयो, जसमा भारतले ९ विकेट गुमाएर १३६ रन बनायो। त्यसपछि डकवर्थ-लुईस पद्धतिद्वारा अष्ट्रेलियालाई म्याच जित्न २६ ओभरमा १३१ रन बनाउने संशोधित लक्ष्य हासिल भयो, जसलाई आयोजक टीमले २१.१ ओभरमा केवल ३ विकेट गुमाएर हासिल गऱ्यो। अष्ट्रेलियाको निम्ति कप्तान शन मार्शले अविजित ४६ रन बनाएर टीमलाई जीत दिलाए। उनले ५२ बल खेलेर २ वटा चौका र ३ वटा छक्का लगाए। यसबाहेक जोश फिलिपेले ३७ र पदार्पण म्याच खेलिरहेका म्याट रेनशाले अविजित २१ रनको योगदान दिए। ट्रेविस हेड र म्याथ्यू शर्ट शुरुमै आउट भए पनि कप्तान मार्शले अन्तसम्म क्रीजमा रहेर टीमलाई जीत दिलाए। हेड र शर्टले ८-८ रन बनाए। भारतीय बलरहरूमा अर्शदीप सिंह, अक्षर पटेल र वाशिंगटन सुन्दरले १-१ विकेट लिए। यसअघि पहिला ब्याटिंग गर्दै भारतको शुरुवात निराशाजनक रह्यो अनि ४५ रनमै ४ विकेटको पतन भइसकेको थियो। कप्तान शुभमन गिल केवल १० रन बनाएर आउट भए। यसबाहेक रोहित र कोहलीले पनि अधिक समयसम्म लड़ाइँ गर्न सकेनन्। श्रेयस अय्यर ११ रन बनाएर आउट भए। हताशाजनक शुरुवातपछि भारतलाई अक्षर पटेल र केएल राहुलको लड़ाकू ब्याटिंगले १३६-को स्कोरसम्म पुऱ्यायो। यसमा राहुलले ३१ बलमा २ वटा चौका र २ वटा छक्काको साथ ३८ रन बनाए। अक्षरले ३१ रनको योगदान दिए। उनले ३८ बल खेलेर ३ वटा चौका लगाए। यसबाहेक नीतीश कुमार रेड्डीले २ वटा छक्काको साथ अविजित १९ र वाशिंगटन सुन्दरले १० रनको योगदान दिए। अष्ट्रेलियाई बलरहरूमा जोश हेजलवुड, मिचेल ओवेन र म्याथ्यू कुहनेम्यानले २-२ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement