पर्थ: अप्टस स्टेडियममा भारत र अष्ट्रेलियाबीच खेलिएको वनडे सीरीजको पहिलो म्याचमा रोहित शर्माले आफ्नो करियरमा एउटा विशेष उपलब्धि हासिल गरे। आज भारतीय टीमको जर्सी लगाएर मैदानमा ओर्लिनको साथ रोहित भारतको निम्ति ५०० अन्तर्राष्ट्रिय म्याच खेल्ने पाँचौं खेलाड़ी बने। यसको साथै उनी सचिन तेन्दुलकर र विराट कोहली जस्ता दिग्गज खेलाड़ीहरूका विशेष सूचीमा पनि सामेल भए। भारतको निम्ति सर्वाधिक ६६४ वटा अन्तर्राष्ट्रिय म्याच खेल्ने रेकर्ड महान सचिनको नाममा रहेको छ। यसरी विराट कोहली (५५१), महेन्द्र सिंह धोनी (५३५) र राहुल द्रविड़ (५०४)-ले पनि ५०० भन्दा अधिक अन्तर्राष्ट्रिय म्याच खेलेका छन्। मैदानमा ओर्लिनको साथ इतिहास रचे पनि रोहितले म्याचमा ब्याटको साथ केही खास योगदान दिन सकेनन् अनि केवल ८ रन बनाएर आउट भए। रोहितले अहिलेसम्म २७४ वटा वनडे म्याचमा ४८ भन्दा अधिकको औसतले १११७६ रन बनाएका छन्। यसमा ३२ वटा शतक र ५८ वटा अर्द्धशतक सामेल छ। उनले सर्वोच्च स्कोर २६४ रन रहेको छ, जुन विश्व रेकर्ड हो। यसरी उनले ६७ वटा टेस्ट म्याचमा ४०.५७-को औसतले १२ वटा शतक र १८ वटा अर्द्धशतकको साथ ४३०१ रन बनाएका छन्। टी२० अन्तर्राष्ट्रिय प्रारूपमा उनले १५९ वटा म्याच खेलेर १४०.८९-को स्ट्राईक रेटले ५ वटा शतक र ३२ वटा अर्द्धशतकको साथ ४२३१ रन बनाएका छन्। रोहित आफ्नो ५०औं अन्तर्राष्ट्रिय शतकको रेकर्डदेखि पनि केवल १ शतक पछि रहेका छन्। अहिलेसम्म भारतको निम्ति सचिन (१००) र कोहली (८२)-ले मात्र ५० या त्यसभन्दा अधिक अन्तर्राष्ट्रिय शतक बनाएका छन्।