ईंग्लिश प्रीमियर लीगः चेल्सी, म्यानचेष्टर सिटी र आर्सनलको जीत

IMG-20251019-WA0064

लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगिताको जारी सीजनमा आफ्नो उत्कृष्ट प्रदर्शनको क्रम जारी राख्दै आर्सनल र म्यानचेष्टर सिटीले आ-आफ्नो म्याच जित्यो। यसरी चेल्सीले पनि एकतर्फी जीत हासिल गऱ्यो। शनिवार राति खेलिएको म्याचमा चेल्सीले फूलह्यामविरुद्ध १-०-ले रोमाञ्चक जीत हासिल गऱ्यो। यस अवे म्याचमा ६५ प्रतिशत पोजेशनको साथ खेल्ने आर्सनलको निम्ति लिएण्ड्रो ट्रोसार्डले ५८औं मिनटमा गोल गरे। यस जीतको साथ आर्सनल ८ वटा म्याचमा १९ पोइण्ट्सको साथ प्रीमियर लीग पोइण्ट्स टेबलको शीर्ष स्थानमा कायम रह्यो। यसरी म्यानचेष्टर सिटीले पनि एभर्टनलाई २-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड ऐतिहाद स्टेडियममा ७० प्रतिशत पोजेशनको साथ खेल्ने सिटीले भरपूर प्रयास गरे पनि मध्यान्तरसम्म गोल गर्न सकेन। दोस्रो हाफको खेलमा चाहिँ स्टार फरवर्ड एर्लिंग हालाण्डको २ गोलको सहायताले होम टीमले म्याच जित्यो। नर्वेका फरवर्डले ५८औं र ६३औं मिनटमा गोल गरे। यस जीतको साथ म्यानचेष्टर सिटी १६ पोइण्ट्सको साथ दोस्रो स्थानमा पुग्यो। यसरी एभर्टन ११ पोइण्ट्सको साथ १०औं स्थानमा रहेको छ।
चेल्सीले पनि दोस्रो हाफको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै प्रीमियर लीगमा लगातार दोस्रो जीत हासिल गऱ्यो। यस अवे म्याचमा ५२ प्रतिशत पोजेशनको साथ खेल्ने चेल्सीबाट जोश अचेमपोंगले ४९औं, पेड्रो नेटोले ५२औं र रीस जेम्सले ८४औं मिनटमा गोल गरे। म्याचको ८७औं मिनटमा चेल्सीका डिफेण्डर मालो गुस्तोलाई रेड कार्ड देखाइयो। यस जीतको साथ चेल्सी १४ पोइण्ट्सको साथ छैटौं स्थानमा पुग्यो। यसरी बोर्नमाउथ र क्रिस्टल प्यालेसबीच खेलिएको म्याच ३-३-ले ड्र रह्यो। म्याचमा हारको नजिक पुगिसकेको क्रिस्टल प्यालेसलाई जिन फिलिपे मातेताको ह्याट्रिकले बचायो। उनले इञ्ज्युरी टाइमको सातौं मिनटमा गोल गरी होम टीमलाई ३-३-को बराबरीमा पुऱ्याए। बोर्नमाउथ १५ पोइण्ट्सको साथ चौथो र क्रिस्टल प्यालेस १३ पोइण्ट्सको साथ आठौं स्थानमा रहेको छ। सण्डरल्याण्डले पनि वूल्भ्सविरुद्ध २-०-ले जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्डमा हासिल गरेको यस जीतको साथ सण्डरल्याण्ड १४ पोइण्ट्सको साथ गोल अन्तरको आधारमा सातौं स्थानमा रहन पुग्यो। अन्य म्याचहरूमा बर्नलेले लीड्स युनाइटेडलाई २-०-ले अनि ब्राइटनले न्यूक्यासललाई २-१-ले पराजित गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement