सांसद राजु विष्टको कन्भेमाथि आक्रमण

IMG-20251018-WA0203

जोरबंगलो पुलिस थानामस एफआईआर दर्ता

दार्जिलिङ: रिम्बीक लोधोमा क्षेत्रका पैह्रो पिडीतहरूलाई भेटेर घर फर्कने क्रममा सांसद राजु विष्टको काफिलामा अज्ञात व्यक्तिले ढुङ्गाले हमला गरेको छ। रिम्बिक लोधोमा क्षेत्रमा पैह्रो प्रभावितहरुलाई भेटेर सिलगढी फर्किने क्रममा सुखे पोखरी नजिक मासधुरा क्षेत्रमा सांसद राजु विष्टको कन्भेमाथि असामजिक तत्वहरूले ढुंगा हिर्काएर हमला गरिएको बताइएको छ।
प्राप्त जानकारी अनुसार साँझ ६:४५ बजीतिर सुखे पोखरी नजिक आईपुग्दा सांसद राजु विष्टको गाडीलाई लक्षित गरेर हिर्काएको ढुंगाले सांसद राजु विष्टको गाडीलाई नलागेर पछाडिपट्टिको गाडीलाई लागेर गाडी फुटेको बताइएको छ‌‌। उक्त घटनापछि सांसद राजु विष्टले जोरबंगलो पुलिस थानामा आएर आक्रमणकारी विरुद्ध एफआईआर दर्ता गराएको जानकारी प्राप्त भएको छ। उक्त आक्रमणको घटनालाई लिएर पत्रकारहरुलाई सम्बोधन गर्दै सांसद राजु विष्टले आफु रिम्बिक लोधोमा क्षेत्रमा पैह्रो प्रभावितहरुलाई भेटेर फर्किएको समयमा सुखे पोखरी नजिक आईपुग्दा आफ्नो गाडीलाई लक्षित गरी बदमाशहरुले ढुंगाले‌ आक्रमण गरेको बताएका छन्। उनले ढुंगाले आफ्नो गाडीमा नलागेर पछाडिपट्टिको गाडीलाई लागेर सिसा फुटेको बताएका छन्‌। सांसद राजु विष्टले यस आक्रमण विषयमा बोल्दै गोर्खा जातिको समस्या समाधानको लागि केन्द्र सरकारले पहल गर्दै इन्टरलोक्युटर नियुक्ति गरेको समयमा हमला गरिएको बताएका छन्‌।
उनले भने, ‘म चाहान्छु पहाडमा शान्ति बनिरहोस्। सबैले आफ्नो पार्टीको सिध्दान्तमा रहेर कार्य गर्न सक्छन् तर यस्तो घटनाको घोर विरोध गर्दछु‌। हिंसाको राजनीतिमा विश्वास गर्छ भने हामी पनि तयार छौँ। पुलिसले बदमाशलाई पक्राउ गरेर कारवाही गरोस्।’


सांसद राजु विष्टले अघि भने, ‘यो आपदाको समयमा आपदा प्रभावित जनतालाई सहायता गर्न सांसद र विधायक दैनिक ८ घण्टा पैदल हिँडेर मानिसहरुलाई सहयोग गर्न पुग्छन्।‌ तर ममता दिदीको शासनमा यस्तो घटना घट्छ। यस्तो घटना नयाँ होइन।‌ सबैलाई थाहा छ सांसद र विधायकमाथि हमला गरिएको घटनाले राज्य सरकारको सुरक्षा माथि टिका टिप्पणी शुरु भएकोछ।‌’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement