वर्ल्ड कप फाइनलमा ऐतिहासिक काँस्य पदक जित्न सफल ज्योति सुरेखा

IMG-20251018-WA0143

नयाँ दिल्ली: भारतीय आर्चर ज्योति सुरेखा वेन्नमले शनिवार चीनको नानजिंगमा आर्चरी वर्ल्ड कप फाइनलमा इतिहास रच्दै काँस्य पदक जितिन्। यसरी उनी महिला कम्पाउण्ड आर्चरी वर्ल्ड कप फाइनलमा पदक जित्ने पहिलो भारतीय बनिन्। एशियन गेम्स च्याम्पियन ज्योतिले वर्ल्ड ऱ्याङकिंगमा दोस्रो स्थानमा रहने ब्रिटेनकी आर्चर एला गिब्सनविरुद्ध १५ वटा परफेक्ट तीरको साथ असाधारण प्रदर्शन गरिन् अनि १५०-१४५-ले जीत हासिल गरिन्।ज्योतिले ८ जना आर्चरको वर्ल्ड कप फाइनलको क्वार्टर फाइनलमा अमेरिकाकी एलेक्सिस रुइजलाई १४३-१४०-ले पराजित गरी आत्मविश्वासको साथ शुरुवात गरेकी थिइन्। सेमिफाइनलमा चाहिँ उनले विश्वकी नम्बर एक खेलाड़ी मेक्सिकोकी एण्ड्रिया बेसेराविरुद्ध १४३-१४५-ले हारको सामना गर्नु पऱ्यो। सेमिफाइनलमा पराजित भए पनि ज्योतिले संयम र मानसिक मजबूती देखाइन्। काँस्य पदकको खेलमा ज्योतिले असाधारण पुनरागमन गरिन् अनि ५ एण्डमा लगातार १५ पल्ट सटीक निशाना लगाएर पहिलोपल्ट वर्ल्ड कप फाइनल पोडियम फिनिश सुनिश्चित गरिन्। उनले भनिन्, “यो जीत मेरो निम्ति विशेष क्षण हो। वर्ल्ड कप फाइनलमा काँस्य पदक जित्नु मेरो करियरको अहिलेसम्मको सबैभन्दा यादगार अनुभव हो।” उल्लेखनीय छ, ज्योतिको यो तेस्रो वर्ल्ड कप फाइनल हो। यसअघि उनले २०२२ र २०२३-को संस्करणमा पनि हिस्सा लिएकी थिइन् तर दुवैपल्ट शुरुवाती चरणमा बाहिर भएकी थिइन्। महिला कम्पाउण्ड श्रेणीमा भारतकी मधुरा धमांगांवकर पहिलो राउण्डमा मेक्सिकोकी मारियाना बर्नालविरुद्ध १४२-१४५-ले पराजित भइन्। पुरुष कम्पाउण्ड श्रेणीमा रिषभ यादव भारतका एकमात्र प्रतिभागी हुन् अनि उनको भिड़न्त दक्षिण कोरियाका किम जोंघोसँग हुनेछ। रिकर्व श्रेणीमा कुनै पनि भारतीय खेलाड़ीले क्वालीफाई गर्न सकेनन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement