नक्कली नोटसहित दुई भारतीय पक्राउ

IMG-20251018-WA0133

विराटनगर: विराटनगरबाट भारतीय नक्कली नोटसहित पुलिसले दुई जना युवालाई पक्राउ गरेको छ। मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार भारत बिहारको अररियाका २३ वर्षीय मोहमद अरवाज र मोहमद राजालाई साँझ ६:३० बजेतिर विराटनगर महानगरपालिका-११ स्थित विराटनगर बसपार्कबाट पक्राउ गरिएको हो।
उनीहरु भारतको जोगवनीबाट सीटी सफारी चढेर आएका विराटनगर आएको पुलिसले जनाएको छ। विराटनगर बसपार्कमा ओर्लिएपछि अरवाजले सफारी चालकलाई भारतीय २ सय रूपैयाँको नोट दिएका थिए। सफारी चालकले नोट नक्कलीजस्तो लागेर पुलिसलाई खबर गरे। वडा पुलिस कार्यालय विराटनगरबाट खटिएको टोलीले शरीर खानतलासी गर्दा अरवाजको साथबाट २ सय दरका १८ थान र ५ सय दरको १ थान नक्कली नोट बरामद भएको जानकारी चुँडालले दिइन्।
नक्कली भारतीय नोट फेला परेपछि पुलिसले सुरुमा अरवाजलाई पक्राउ गर्‍यो। उनीसँगै आएका राजा पनि पक्राउ परे। नक्कली भारतीय नोट नेपाल भित्राउने गिरोहसँग सम्बन्धित हुन सक्ने प्रहरीको आशंका छ।
पुलिसका अनुसार फेला परेका नोटहरू विशेष प्रकारको प्रिन्ट र रंगको प्रयोग गरी छपाइ गरिएको देखिन्छ। उक्त नोटहरु सर्वसाधारणले वास्तविक नोटभन्दा फरक छुट्याउन नसक्ने अवस्थाको रहेको प्रहरीले जनाएको छ। अनुसन्धान जारी रहेका दुवै जनामाथि कारबाही प्रक्रिया अघि बढाउने प्रहरीले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement