सम्थार गोल्ड कप २५ अक्टोबरदेखि शुरु हुने

IMG-20251018-WA0127

सम्थार: सम्थार स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा छेडुप लामा स्मृति सम्थार गोल्ड कप आमन्त्रणी फूटबल टुर्नामेण्ट २५ अक्टोबरदेखि शुरु हुने भएको छ। सम्थार खेल मैदानमा हुने यो सेभेन ए साइड फूटबल प्रतियोगितामा जम्मा ८ वटा शीर्ष टीमहरूले सहभागिता जनाउनेछन्। शनिवार (२५ अक्टोबर) खेलिने उद्घाटन म्याचमा मिक्स्ड अप बोयज, खरसाङ र छुजाचेन स्पोर्ट्स एकाडमी (सिक्किम)-बीच रोमाञ्चक भिड़न्त हुनेछ। दुईवटा सेमिफाइनल म्याच क्रमशः २९ र ३० अक्टोबरमा खेलिनेछन् भने फाइनल म्याच १ नोभेम्बरमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। त्यस्तै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिले जानकारी दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement