फिफा वर्ल्ड कपको टिकट बिक्री चरममा

IMG-20251018-WA0126

मियामी: फिफा वर्ल्ड कपको आयोजन आउँदो साल हुने भए पनि यसको क्रेज अहिले नै चरममा पुगिसकेको छ। फूटबलको वैश्विक संस्था फिफाले बताएअनुसार, अहिलेसम्म १० लाखभन्दा अधिक टिकट बिक्री भइसकेको छ। फिफाले यस महिनाको शुरुवातमा आधिकारिक रूपमा टिकट बिक्री शुरु गरेको थियो। आशानुरुप टिकटहरूको सबैभन्दा माग ३ वटा आयोजक देश अमेरिका, कनाडा र मेक्सिकोका खरीददारहरूबाट थियो। यी ३ वटा देशका खरीददारहरूबीच टिकटलाई लिएर हाहाकार रहेको छ। फिफाले बताएअनुसार, २१२ अलग-अलग देशहरू र क्षेत्रहरूका मानिसहरूले अगावै टिकट खरीद गरिसकेका छन् जबकि अहिलेसम्म टुर्नामेण्टमा हिस्सा लिने ४८-मा केवल २८ वटा टीम तय भएको छ। टिकट खरीद गर्ने मामिलामा शीर्ष दशमा ईंग्ल्याण्ड, जर्मनी, ब्राजील, स्पेन, कोलम्बिया, अर्जेण्टिना र फ्रान्स पनि सामेल छ। फिफा वर्ल्ड कप आउँदो साल ११ जूनदेखि शुरु भएर १९ जुलाईसम्म चल्नेछ। फिफा अध्यक्ष जियानी इन्फेण्टिनोले भने, विश्वभरिका राष्ट्रिय टीमहरू ऐतिहासिक फिफा वर्ल्ड कप २०२६-मा स्थान बनाउन लड़ाइँ गरिरहेको छ। यसबाहेक यति धेर संख्यामा फूटबलप्रेमीहरू उत्तरी अमेरिकामा यस ऐतिहासिक टुर्नामेण्टको हिस्सा बन्न गइरहेकोमा म धेरै खुशी छु। यो एउटा अविश्वसनीय प्रतिक्रिया हो अनि एउटा अद्भूत संकेत। इतिहासको सबैभन्दा ठूलो, सबैभन्दा समावेशी फिफा वर्ल्ड कपले विश्वभरिका समर्थकहरूका ध्यान आकर्षित गरिरहेको छ। यसको साथमा फिफाले रीसेल साइट खोलिएको पनि घोषणा गरेको छ। न्यूजर्सीको ईष्ट रदरफोर्डमा हुने वर्ल्ड कप फाइनलको टिकट बिहीवार दिउँसोदेखि उपलब्ध रहेको छ। टिकटहरूको न्यूनतम् मूल्य ९,५३८ डलर र अधिकतम् मूल्य ५७,५०० डलर प्रति सीट रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement