काठमाडौं: जेनेरेशन जेड युवा मिराज ढुंगानाले नयाँ पार्टी घोषणा गरेका छन्। ढुंगानाले भोलि (शनिबार) दिउँसो १ बजे काठमाडौंको एब्रेस्ट होटलमा पत्रकार सम्मेलन गर्ने घोषणा पनि गरे। उनले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री र विदेशमा बस्ने नेपालीहरूलाई मतदान गर्ने अधिकार सहित विशिष्ट एजेन्डाहरूलाई ध्यानमा राखेर पार्टी गठन गरिने बताए।
सामाजिक सञ्जालमा भिडियो जारी गर्दै उनले पार्टी गठन वार्ता समिति गठन भएको घोषणा गरे। ढुंगानाले भने, “देश गम्भीर अवस्थामा छ। देश निकास खोजिरहेको छ। यो परिस्थितिलाई ध्यानमा राख्दै हामीले आफ्नै पार्टी गठन गर्ने निर्णय गरेका छौं।”