काठमाडौं: बुद्ध एयरका मालिक वीरेन्द्र बहादुर बस्नेत लगायतले निर्वाचन आयोगमा दल दर्ताका लागि आवेदन दिएका छन्। पार्टीको नाम डायनामिक डेमोक्रेटिक पार्टी हो। यसका अध्यक्ष समाजशास्त्री दिनेश प्रसाईं हुन् र महासचिव पियुष प्रसाद कायस्थ हुन्। “सबै मिलेर हिँडौं, देश बचाऔं र राष्ट्र निर्माण गरौं” भन्ने नाराका साथ दलले दर्ताको लागि आवेदन दिएको हो।