सोनल मधेशी प्रदेशको मुख्यमन्त्री नियुक्त

IMG-20251016-WA0087

जनकपुर: लोकतन्त्र समाजवादी पार्टीका नेता जितेन्द्र सोनल मधेशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्।
संविधानको धारा १६८, उपधारा २ अन्तर्गत उनलाई मुख्यमन्त्री नियुक्त गरिएको हो। बिहिबार छ दलको समर्थनमा उनले ५७ प्रदेश सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री नियुक्तिको लागि आफ्नो प्रस्ताव पेश गरे।
कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले पनि जनमतका १३ प्रदेश सांसदको समर्थनमा आज मुख्यमन्त्री नियुक्तिको लागि आफ्नो प्रस्ताव पेश गरे।
मुख्यमन्त्रीको नियुक्तिको सम्बन्धमा दुवै दल मधेशी प्रदेश प्रमुखको कार्यालयमा पुगेपछि तनाव उत्पन्न भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement