अफ्रिकाबाट ३ र एशियाबाट अझ २ वटा टीम वर्ल्ड कपको निम्ति क्वालीफाई गर्न सफल

IMG-20251015-WA0113

नयाँ दिल्ली: अफ्रिकाबाट फिफा वर्ल्ड कपको निम्ति ३ वटा ठूलो टीम- दक्षिण अफ्रिका, आइवरी कोस्ट र सेनेगलले क्वालीफाई गऱ्यो। दक्षिण अफ्रिकाले रवाण्डालाई ३-०-ले पराजित गरी क्वालीफाईंग राउण्डमा आफ्नो ग्रुपमा शीर्ष स्थान हासिल गऱ्यो। यसरी दक्षिण अफ्रिकाले २०१० पछि पहिलोपल्ट फिफा वर्ल्ड कपमा हिस्सा लिनेछ। दक्षिण अफ्रिकाको जीतपछि नाइजेरिया ग्रुपको दोस्रो स्थानमा रह्यो अनि उनीहरूले अब प्लेअफ्-मा चुनौती पेश गर्नेछन्। नाइजेरियाले बेनिनलाई भिक्टर ओसिमेनको ह्याट्रिकको सहायताले ४-०-ले पराजित गऱ्यो। यसरी आइवरी कोस्टले पनि केनियालाई ३-०-ले पराजित गरी वर्ल्ड कपको निम्ति सीधै क्वालीफाई गऱ्यो। यसरी सेनेगलले पनि मरिटानियालाई ४-०-ले पराजित गरी लगातार तेस्रोपल्ट वर्ल्ड कपमा स्थान बनायो। एशियाई क्वालीफायरको चौथो चरणमा कतर र सऊदी अरबले आ-आफ्नो ग्रुपमा शीर्ष स्थान हासिल गरी वर्ल्ड कप २०२६-मा स्थान सुरक्षित गऱ्यो। कतरले दोहामा खेलिएखो म्याचमा संयुक्त अरब अमीरात (यूएई)-लाई २-१-ले पराजित गऱ्यो। यसरी जेद्दामा सऊदी अरब र ईराकबीच खेलिएको म्याच गोलरहित ड्र (०-०)-मा समाप्त भयो। यसरी कतर र सऊदी अरब एशियाबाट वर्ल्ड कपको निम्ति क्वालीफाई गर्ने सातौं र आठौं टीम बन्यो। कतरले दोस्रोपल्ट वर्ल्ड कपमा हिस्सा लिनेछ। गत संस्करणमा टीमले आयोजक देशको रूपमा खेलेको थियो तर यसपाली कतरले आफ्नो दममा क्वालीफिकेशन हासिल गरेको छ। यसरी सऊदी अरबले सातौंपल्ट वर्ल्ड कपमा हिस्सा लिनेछ। एशियाबाट जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, ईरान, उज्बेकिस्तान र जोर्डनले अगावै क्वालीफाई गरिसकेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement