वार्नरको भविष्यवाणीसँग सहमत छैनन् स्टुअर्ट ब्रड

IMG-20251015-WA0098

नयाँ दिल्ली: अष्ट्रेलियाका पूर्व क्रिकेटर डेविड वार्नरले ईंग्ल्याण्डविरुद्ध एशेज २०२५-२६ टेस्ट सीरीजमा उनको टीम ४-०-ले विजयी हुने भविष्यवाणी गरे पनि स्टुअर्ट ब्रड त्यस कुरासँग सहमत छैनन्। ईंग्ल्याण्डका पूर्व पेस बलरले वार्नरको भविष्यवाणीमाथि कड़ा प्रहार गरेका छन्। ब्रडको भनाइअनुसार, वर्तमान अष्ट्रेलियाई टीम गत एक दशकमा सबैभन्दा कमजोर देखिएको छ अनि टीममा रणनीतिलाई लिएर धेरै भ्रम रहेको छ। ब्रडले आफ्नो पडकास्ट फर द लव अफ् क्रिकेट-मा भनेका छन्, “यसको (वार्नरको भविष्यवाणी) के अर्थ निकाल्नु पर्ने भन्ने थाहा छैन। वार्नरको ४-०-को भविष्यवाणी अनुसार अष्ट्रेलियामा कुनै पनि टीमको निम्ति जित्नु निक्कै मुश्किल छ। अष्ट्रेलियालाई प्रबल दावेदार मानिएको छ तर कुन टीम दबाउमा रहेको छ भन्ने नै असल प्रश्न रहेको छ। मेरो विचारमा अष्ट्रेलिया दबाउमा रहनेछ। उनीहरूका टीम र कप्तानको फिटनेसमाथि अहिले पनि प्रश्न रहेको छ। मेरो विचारमा यो शायद २०१० पछि सबैभन्दा कमजोर अष्ट्रेलियाई टीम हो अनि यो ईंग्ल्याण्डको सबैभन्दा मजबूत टीम।” अष्ट्रेलियाई कप्तान प्याट कमिन्स आफै फिट छैनन्। यसबाहेक टीम पहिले जस्तो एकजुट र रणनीतिक देखिएको छैन। ब्रडले ईंग्ल्याण्डको तयारीहरूमाथि विश्वास व्यक्त गरे पनि परिणाम मैदानको प्रदर्शनमाथि निर्भर रहने बताए। उल्लेखनीय छ, ईंग्ल्याण्डले २०१०-११ एशेजमा अष्ट्रेलियालाई ३-१-ले पराजित गरेको थियो तर त्यसपछि उनीहरूले अष्ट्रेलियाई माटोमा कुनै टेस्ट म्याच जित्न सकेका छैनन्। गत ३ वटा एशेज सीरीजमा ईंग्ल्याण्डले ५-०, ४-० र ४-०-ले हारको सामना गर्नु परेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement