सीके राउत नेतृत्वको जनमत पार्टीमा विभाजन

IMG-20251014-WA0135

झापा: सीके राउत नेतृत्वको जनमत पार्टीमा विभाजन भएको छ। जनमतका असन्तुष्ट पक्षले पार्टी फुटाएर जनस्वराज पार्टी (जस्वपा) गठन गरेका हुन्।
नव गठित जस्वपाको अध्यक्षमा दिपक कुमार साह रहेका छन्।
साहलाई जनमतले पार्टी नीति विपरीत गतिविधि गरेको भन्दै साउन २२ गते (७ अगस्त) साधारण सदस् समेत नरहने गरी निष्कासन गरेको थियो। जनमतमा साह उपाध्यक्ष थिए।
तीन जना उपाध्यक्षहरूमा सुरज सिंह, सुरेन्द्र नारायण यादव, शम्भुनाथ साह रहेका छन्।
यस्तै जस्वपाको ३ सचिवमा हेमलता देवी, सुनिल कुमार यादव र सञ्जय प्रसाद यादव रहेका छन्।
नव गठित पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएको छ। नयाँ पार्टीको झण्डमा निलो, सेतो, रातो रङको ठाडो धर्का रहने छ।
आयोगको मंगलबार बसेको बैठकले जस्वपालाई मान्यता दिँदै दल दर्ताका बाँकी प्रक्रिया पूरा गर्न निर्देशन दिएको निर्वाचन आयोगका शाखा अधिकृत रुद्रवीर कार्कीले जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement