प्रेम र विभेदबीचको संघर्षमाथि मन छुने प्रस्तुति
झापा: कार्तिक ६ गते (२३ अक्टूबर)भाइटिकाको दिनदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘सोल्टिनी’ को ट्रेलर सार्वजनिक गरिएको छ।
काठमाडौँमा आयोजित विशेष समारोहमा सार्वजनिक ट्रेलरले अन्तरजातीय प्रेमकथा, सामाजिक विभेद र पारिवारिक संघर्ष जस्ता गम्भीर विषयलाई मन छुने ढङ्गमा प्रस्तुत गरेको छ।
निर्देशक अर्जुन सुवेदी को निर्देशनमा बनेको फिल्मले प्रेम र समाजबीचको द्वन्द्वलाई भावनात्मक रूपमा चित्रण गरेको छ। ट्रेलरमा समुदायबीचको असमानता, पारिवारिक दबाब र प्रेमको अस्तित्वका लागि लडाइँजस्ता यथार्थपूर्ण प्रसङ्गहरू देखाइएको छ।
फिल्ममा प्रकाश र परीक्षा मुख्य भूमिकामा छन् भने सुन्दर धिताल, सबु गुरुङ, सुजन खतिवडा, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आले लगायतका कलाकारहरूको दमदार अभिनय रहेको छ।
फिल्मको कथा लेखनमा अर्जुन सुवेदी र कुमार भट्टराई को सहकार्य छ। निर्देशक सुवेदीका अनुसार ‘सोल्टिनी’ ले समाजमा विद्यमान जातीय विभेद, अमानवीयता र प्रेममा आउने सामाजिक अड्चनविरुद्ध सशक्त सन्देश दिन खोजेको छ।
भाइटिकाको उपहारका रूपमा आउँदै ‘सोल्टिनी’, जसले प्रेम र समाजबीचको वास्तविक संघर्ष दर्शकको मन छुने संकेत गरेको छ।