नयाँ दिल्ली: पेरिस ओलम्पिकमा काँस्य पदक जित्ने भारतीय पहलवान अमन सहरावतले आफ्नो गल्ती स्वीकार गरेका छन्। उनले भारतीय कुश्ती महासंघ (डब्ल्यूएफआई)-सँग उनीमाथि लगाइएको एक सालको प्रतिबन्ध हटाउनेमाथि पुनर्विचार गर्ने अनुरोध गरेका छन्। जग्रेबमा भएको वर्ल्ड च्याम्पियनशीप म्याचको अघि ओजन कम्ती गर्न विफल हुँदा डिस्क्वालीफाई भएको मामिलामा डब्ल्यूएफआई-ले अमनमाथि १ सालको प्रतिबन्ध लगाएको छ। खेल शुरु हुन अमनको ओजन निर्धारित सीमाभन्दा १.७ किग्रा अधिक पाइएको थियो। भारतीय ओलम्पिक संघ (आईओए)-द्वारा आयोजित एउटा सम्मान कार्यक्रममा अमनले गत महिना उनी ओजन कम्ती गर्न विफल भएको गल्तीलाई स्वीकार गरे। यसको साथमा उनले डब्ल्यूएफआई अध्यक्ष सञ्जय सिंहसँग भेट गरेर महासंघलाई फसेलामाथि पुनर्विचार गर्ने अनुरोध गर्ने बताए। अमनले २०२४ पेरिस ओलम्पिक खेलहरूमा ५७ किग्रा वर्गमा काँस्य पदक जितेका थिए। पेरिस ओलम्पिकमा पदक जितेकोमा ५० लाख रुपियाँको नगद पुरस्कारले सम्मानित भएपछि अमनले भने, म डब्ल्यूएफआई अध्यक्षसँग भेट गरेर निलम्बनलाई हटाउने अनुरोध गर्नेछु। यो मेरो पहिलो गल्ती हो अनि यसलाई दोहोऱ्याउने छुइनँ। उल्लेखनीय छ, डब्ल्यूएफआई-ले २३ सेप्टेम्बरमा ओमनलाई कारण बताउ नोटिस जारी गरेको थियो। भारतीय पहलवानले २९ सेप्टेम्बरमा आफ्नो जवाफ जमा गरेका थिए तर महासंघले उनको स्पष्टीकरणलाई असन्तोषजनक पायो। अमनले बताएअनुसार, स्पर्धाको १ दिन अघि अचानक पेट दुख्न शुरु हुँदा उनले ओजन घटाउने प्रयासलाई जारी राख्न सकेका थिएनन्। उनले भने, मैले स्पर्धाभन्दा १ हप्ता अघिदेखि नै ओजन घटाउन शुरु गरेको थिएँ। स्पर्धाको १ दिन अघि मेरो ओजन ६००-७०० ग्राम अधिक रहेको थियो। जीमको अन्तिम सेशनपछि पनि ६०० ग्राम ओजन अधिक थियो। मैले अभ्यास गरिरहेको थिएँ तर अचानक पेट दुख्न थाल्यो। म सीधै आफ्नो रूममा गएँ। त्यसपछि बिहान ४ बजी उठ्ने योजना बनाएको थिएँ तर राति स्थिति झन् बिग्रियो अनि दवाई खाएपछि पनि पेट दुख्नु कम्ती भएन। अमनले बताएअनुसार, १ सालको प्रतिबन्धले उनको करियर प्रभावित हुनेछ कारण २०२६-मा एशियन गेम्स रहेको छ। उनले भने, एशियन गेम्स र वर्ल्ड च्याम्पियनशीप २०२६ मेरो मुख्य लक्ष्य हो। चार सालमा एकपल्ट हुने एशियन गेम्स चुक्नु ठूलो नोक्सान हुनेछ।